गीत : छातीभित्र देश दुख्दा मलम यही माटो

छातीभित्र देश दुख्दा मलम यही माटो
अर्को केही छैन प्यारो जननीको साटो

बाँच्न पाउँ यहीँँ देशमा मर्न यहीँ पाउँ
मुटुभरी देश राखी आँखामा सजाउँ
छ देशको माया गाढा रगतझैँ रातो
अर्को केही छैन प्यारो जननीको साटो

कहाँ झुक्छ शिर हाम्रो उचाइ सगरमाथा
युगौँदेखि लेखिएको वीरताको गाथा
पछ्याउँदै हिँडू लाग्छ वीरहरुकै बाटो
अर्को केही छैन प्यारो जननीको साटो