आज कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन्। अब नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ सय ७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका संक्रमित हुने जिल्ला ४६ पुगेको छ। महोत्तरीका २ जना, जुम्लामा स्थायी ठेगाना भई बारामा बसोबास गर्दै आएका २ जना, बारा पचौटा नगरपालिका १ स्थित पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका ३ जना, रौतहटका २२ जना, सिरहाका ५ जना, धनुषाका १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १ जना, रुपन्देही प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ आएको छ। सेती प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा २ जनाको कोरोना पोजेटिभ देखिएको छ। संक्रमित कैलालीका १ र अछामका १ जना छन्।
पोखरामा गरिएको परीक्षणमा स्याड्जाका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ। १२ जना सबै सुर्खेतका हुन्। बाँकेका ७ जनामा कोरोना देखिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलस्तुका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ वर्षकी बालिका पनि छिन् ।
आजै ४३ संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। अब उपचारपछि निको भएर घर फर्कनेको संख्या १ सय ५५ पुगेको छ। कोरोनाका कारण नेपालमा हालसम्म ४ जनाको मृत्यु भएको छ।




