साहित्य

गीत : न्याउली चरी

न्याउली चरी रुँदै छ धरधरीविस्तारबादी हजुर गर्दै छन् मनपरी मेटिँदैन राष्ट्रियता धोती लाउँदा खेरीरेटिँदैन देशभक्ति टोपी लाउँदा खेरीबहुल जाति, भाषाभाषी, संस्कृति छ हाम्रोहिमाल, पहाड, तराई छन् फूलबारी राम्रो न्याउली चरी रुँदै छ धरधरीविस्तारबादी हजुर गर्दै छन् मनपरी वैरीहरुका नजरहरु पर्न दिनुहुन्नस्वर्ग जस्तो हाम्रो माटो छुन दिनुहुन्नएकतामा बल हुन्छ आमा हसाउनमिलीजुली अघि बढौं देश बचाउन न्याउली चरी रुँदै छ धरधरीविस्तारबादी हजुर गर्दै छन् मनपरी पुरा पढौ

लघुकथा : छलाङ

नवजात शिशुलाई स्तनपान गराउँदा, स्याहारसुसार गर्दा उनलाई अपूर्व आनन्दको अनुभूति भयो । धेरै दिन र महिना बित्यो, उत्राको उत्रै जस्तो लाग्यो उनलाई । उनलाई लाग्यो, उनले धेरै धैर्य गरिन्, तर अब सकिन्न । एक दिन छोरो च्यापेर उनी डाक्टरकहाँ पुगिन् ।"डाक्टर ! छोरा छिट्टै ठूलो हुनुप¥यो । परेको म बेहोर्छु ।”डाक्टर असमन्जसमा परे ।उनले भने, “ग्रोथ, आई मिन इन्क्रिजमेन्ट कन्टिन्यु प्रोसेस हो ।”"म त्यो जान्दिन । थाहा छैन भने पत्ता… पुरा पढौ

गजल

दुश्मन आए सिमानातिर वन्दुक बोकेरअगाडि बढ्छ नेपाली वीर वन्दुक बोकेर यो मेरो देश प्रहार गर्न अनेकौ कालमाजो आए, भागे झुकाई शिर वन्दुक बोकेर देशले मागे म पनि जान तैयार सिमामाडटेर लड्न नमानी पीर वन्दुक बोकेर बैरीले सिमा मिच्दै छ भन्ने खबर के सुनेम छोडी हिडे पस्केको खीर बन्दुक बोकेर । पुरा पढौ

लघुकथाः फैसला

बसन्त ऋतु शुरु हुनासाथ रुखका हाँगाहरु पाउलिए र चराचुरुङ्गी सबैले आफ्नो गुँड लगाएर बर्षा शुरु नहुँदै चल्ला कोरली हुर्र्काउँदै थिए । तर ‘कुकुली’ नाम गरेकी पोथी मैनाले बेलामा अल्छि गरी । प्रकृतिको हरियालीमा आनन्द लिदै, मीठामीठा फलफूल खाँदै, अरु चराहरुका गुँडगुँड डुलेर गफ हाँक्दै उसले निक्कै समय बिताई । जब बसन्त सिद्धिएर वर्षा शुरु हुन लाग्यो तब उसले हतारहतार गुँड लगाई । हतारमा लगाएको गुँड कमजोर थियो । एकदिन सामान्य… पुरा पढौ

गीत : पानी चल्दैन भन्यौ मेरो हातको

गीतपानी चल्दैन भन्यौ मेरो हातको,त्यसो भए माया कसरी चल्योफुल चल्दैन भन्यौ मैले टिपेको,त्यसो भए मेरो स्पर्श कसरी चल्यो मान्छे भन्दा ठूलो जात के छ दुनिँयामासबै थोक किन्न बेच्न नखोज रुपियाँमा जात चल्दैन तेरो मेरो भन्यौ त्यसो भए उपहार कसरी चल्योफुल चल्दैन भन्यौ मैले टिपेको,त्यसो भए मेरो स्पर्श कसरी चल्यो मान्छेहरु किन यति कठोर भए छन्तिम्रा त ईश्वर पनि दुईटा पो रहे छन भात चल्दैन भन्यौ मेरो चुलाको,त्यसो भए मेरो चुम्बन… पुरा पढौ

मेरो प्रिय कवि

तिम्रो जस्तो व्यबहारम कतै देख्दिनँतिम्राजस्तै धारिला कविताम पढ्न पाउदिनँ अचेलतिम्रोझै स्वाभिमान उचोसगरमाथाको पनि छैन कि ? किन हो कुन्नी ?सत्ता पाएर पनितिमीसँगै हिडेकाहरुखाली खाली छन्निरीह निरीह छन्हतास हतास देख्छुपत्रिकाका समाचार पनिफोस्रा, फिक्का र अल्ना छन् सांस्कृतिक फाटमा भुसैभुस छकलमले मर्म लेख्दैनकिन डम्फू मादल खैजडीश्रमजिवीका गीत गाउदैनन् ?कम्सेकम तिमीले देख्न त परेनहदैसम्मको स्खलनसर्वहारावादीको वर्ग उत्थान अचेल नेताहरु गणेश बनेव्यापारीहरु किर्ना बनेसमाजसेवीहरु झिंगा झैशिक्षकहरु व्यापारी जस्ताअस्पतालले अजिङ्गरझैमुख बाउदै गरेको देख्छुहाम्रो बाटोमा जुका… पुरा पढौ

लघुकथा : आगो

एउटा भर्खरै विकास हुन लागेको सहर थियो । त्यहाँका मेयर सबैको भलो चिताउने, असल र विकासप्रेमी थिए। विकासका कामका लागि उनि आफ्नो पार्टी वा बिपक्षी पार्टी भन्दैनथे। सहरका लागि आवश्यक बिजुली, खानेपानी, अस्पताल, स्कुल, एम्बुलेन्स र दमकल सबै कुराको सुविधा थियो । तर केही विरोधी पक्षले जतिसुकै राम्रो काम गरे पनि विरोध गरिरहन्थे। एक दिन एउटा घरमा आगो लाग्यो । कसैले दमकल बोलाइदियो। दमकल बेलैमा आइपुगेको थियो तर विपक्षीलाई त्यो… पुरा पढौ

आज थपिए ९० संक्रमित

आज कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन्। अब नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ सय ७२ पुगेको छ । ‌स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका संक्रमित हुने जिल्ला ४६ पुगेको छ। महोत्तरीका २ जना, जुम्लामा स्थायी ठेगाना भई बारामा बसोबास गर्दै आएका २ जना, बारा पचौटा नगरपालिका १ स्थित पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका ३ जना, रौतहटका २२ जना, सिरहाका ५ जना, धनुषाका १ जनामा कोरोना पुष्टि भएको… पुरा पढौ

बाल कविता : पहाड

अचल भै बस्दछधरतीमा टेकेरअचम्मै पो लाग्दछयसको रुप देखेर गजधम्म परेरबसेको छ यसरीआयो होला कहिलेकहाँबाट कसरी ? बनेको छ बलियोढुङ्गा अनि माटोलेशिखरैमा पुर्याउँछडोहोर्याउँदै बाटोले अटल छ पहाडधरतीको काखमापहिलो झुल्को घामकोयही डाँडा पाखामा तलबाट माथि हेर्दाटोपी खस्ने चुचुरोकतै देख्छु सानासानाथुम्काथुम्की टाकुरो रुख पात हरियाफूल पनि फुलेकाचरिबरी जनावरयसकै काखमा डुलेका आँधी आउँदा हल्लिन्नपानी पर्दा बग्दैनसित्तिमिती कसैसँगरत्ती पनि डग्दैन यही पहाडको काखमामेरो पनि घर छडर छैन कसैकोमलाई यस्कै भर छ डुल्दै आउँछन् बटुवाहेरी दङ्ग… पुरा पढौ

गजल

प्रभु रिजाउन फेरि दिल्ली जाउला खबरदारठूला दाइ हुन भनी आशीर्वाद लाउला खबरदार तिम्रा सुन कान्ड, ७० करोड सच्चिने मौका दिउला बरुरास्ट्रीयताको सबलमा खुट्टा कमाउला खबरदार धेरै गर्यौ असमान सन्धि सरकार जोगाउनदेशलाई मारी फेरि कुर्ची बचाउला खबरदार कि मरिन्छ कि मारिन्छ गोर्खालीको शान होभुली बलिदान वैरी हसाउला खबरदार। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं