कविता

गोटी
हामी आफैं जुट्न जान्दैनौं अरूले जुटाए जुट्छौँ।
हामी आफैं फुट्न जान्दैनौँ अरूले फुटाए फुट‌्छौ।
देशमा विसङ्गति घुमिरहेको छ, देश गुमिरहेको छ।
अाफ्नै विवेकले एक भएर हामी कहिले उठ‌्छौँ?

सुन
हाम्रा जङ्गलमा थाले आज झ्याउँकिरी रुन।
बजून् चारदिशातर्फ हलो, ट्याक्टरका धुन।
हाम्रा साहित्य, सङ‌्गीत यीभित्र पस्नुपर्दछ।
धर्ती हराभरा होउन‌् पाओस् शरीरले सुन।

पूजा
दलितको श्रम लुटी माथि गयौ आज।
बैगुनी छौ, बन्छौ तिमी झम्टा मार्ने बाज।
मन्दिर र मठ कुनै चाहिँदैन अब।
दलितको पूजा गर भन्छ नुमराज।