तिमिले भन्यौं `म फूल हुँ´
प्रकृतिको पुजारी म
मैले प्रेमले मलजल गरेँ
मनभरि फुलाएँ
चुम्दा अोइलिएला भन्ने डरले
अाँखाले सुम्सुमाएँ
छुँदा दाग लाग्ला भन्ने पीरले
टाढै बाट पुजा गरेँ
धेरै पछि पो पत्तो पाएँ
तिमी त कागजको फूल रहेछौ
ज- जसले जहाँ-जहाँ मन लाग्छ
त्यहीँ त्यहीँ सजाए हुने
कसैले केशमा सजाए
कसैले `भेस´मा सजाए
कसैले कोटमा सजाए
कसैले नोटमा सजाए।
म बुद्धु बल्ल बुझ्दैछु
सबै मुर्तिहरुमा
भगवान हुँदैन रहेछन्
सबै काला र चिल्ला ढुङ्गा
शालिग्राम हुँदैन रहेछन् ।









