कविता : हाम्रा मृत्युहरु

हामीले एक दिन आफैंलाई मर्नुपर्छ भन्ने जान्यौं भने
कष्टहरुबाट सजिलै बॉच्नेछौं
महसुस गर्यौ भने यो ध्रुवसत्यलाई
कसैलाई नघोची, नरोपी बॉच्नेछौं
र बिना सफर बॉच्न
हरेक बिहान एकछि मृत्युको अनुभुति गर
ध्यानमा जानेछौं !

यही त हो हामी प्रत्येक दिनअघी बढिरहेछौं
यही सत्यलाइ निघारी निघारी !
कि हामी साना बलकका मुस्कानहरुलाई कसरी छोड्यौ ?
छोड्यौ चकचके केटाकेटीहरुको सम्झनालार्इ पनि
छोडेर आयौं त्यो भरिलो बैंस
पहिलो एनिभर्सरी
पहिलो बन्धन
अनि यी सबै सबै यात्राहरु !

अब हामीलार्इ केटाकेटी भएर डण्डिबियो खेल्न आउँदैन !
आउदैन परीका भेषमा रमाउन
यहि भोलि, पर्सी दराजमा जतनले राखेको
गाउन पनि सुहाउन आउदैन
र लकरमा राखेको हिराको हार
र एकदिन जानु छ पक्कै त्यो केयर होममा !

र यसरी नै पछि पछि हामीले
मृर्त्युलाइ स्वीकार गरीरहेका त छौं
त्यसैले स्वीकारौ एकछिन
यी सबै सबै अन्त हुनुको पल
यति बेला हामीलाइ लाग्नेछ
दुखी हुनुका धेरै कारण छन् पनि
यी सबै टरेर जान्छन्
सुखी हुनुको धेरै कुरा छन्
ती सॅधै रहने छैनन्
र यति बेला मृत्यु अनुभव गर्नु भनेको
कस्टहरुमाथि विजय गर्नु हो
सत्यहरुमाथि विजय गर्नु हो