गीत : न्याउली चरी

न्याउली चरी रुँदै छ धरधरी
विस्तारबादी हजुर गर्दै छन् मनपरी

मेटिँदैन राष्ट्रियता धोती लाउँदा खेरी
रेटिँदैन देशभक्ति टोपी लाउँदा खेरी
बहुल जाति, भाषाभाषी, संस्कृति छ हाम्रो
हिमाल, पहाड, तराई छन् फूलबारी राम्रो

न्याउली चरी रुँदै छ धरधरी
विस्तारबादी हजुर गर्दै छन् मनपरी

वैरीहरुका नजरहरु पर्न दिनुहुन्न
स्वर्ग जस्तो हाम्रो माटो छुन दिनुहुन्न
एकतामा बल हुन्छ आमा हसाउन
मिलीजुली अघि बढौं देश बचाउन

न्याउली चरी रुँदै छ धरधरी
विस्तारबादी हजुर गर्दै छन् मनपरी

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।