गजल

मलाई जति मारे पनि मर्दैन राष्ट्रियता
भाटै लगाएर झारे पनि झर्दैन राष्ट्रियता

इतिहासमा न पूर्खा झुके, न हामी झुक्छौं
नालापानीमा हाम्रै हो खोली तर्दैन राष्ट्रियता

लिपुलेक, सुस्ता सबै हाम्रो छाती हो
बिदेशीले चांहदैमा सर्दैन राष्ट्रियता

मात्रीभूमी रक्षाको लागि ज्यान हाजिर छ
गोली खाएर ढले पनि लड्दैन राष्ट्रियता