कविता : चंगाचेट

एक दिन गरीब बहादुरले
धन बहादुर नाम राखे
बर्गीय समस्या चंगाचेट।

एकदिन रामबहादुर थापाले
रामबहादुर कामी नाम राखे
जातीय समस्या चंगाचेट।

एकदिन नेल्सन मनण्डेलाले
जर्ज बुस नाम राखे
रंगभेद चंगाचेट ।

एकदिन लक्ष्मी कुमारीले
लक्ष्मीबाई नाम राखीन्
लिंगीय समस्या चंगाचेट ।

यो एका देशको कथा हो
सुन्नेलाई सुनको माला
भन्नेलाई फुलको माला
यो कथा बैकुण्ठ जाला।

एकदिन राम र रावणले
मीत जोडेछन्
महाकालीमा पौडी खेलेछन्
कहिल्यै लाउडा चढेर उडेछन्
कहिल्यै वाइबडी चढेर उडेछन्
एकदिन एमसिसी चढेर उड्दै थिए
प्लेन क्र्यास
चंगाचेट ।

यो एका देशको कथा हो
सुन्नेलाई सुनको माला
भन्नेलाई फुलको माला
यो कथा बैकुण्ठ जाला।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।