कविता : मेरो देश


दुश्मनको आँखाले ठाडो गरी हेर्न नसक्ने गोर्खालीको देश
खोइ त सीमा रक्षा ? कतै राष्ट्रियता हराएको त होइन ?

सिकेर अग्रजको त्याग,सन्तानको कर्तव्य देशको समृद्धी र विकास
खोइ त जोस ? कतै राष्ट्रि«यता हराएको त होइन ?

देशकै भूमि मिचिदा पनि चूपचाप सहेर बस्छौँ हामी
खोई त सुरक्षा, कतै राष्ट्रियता हराएको त होइन ?

दुइ ढुंगाले थिचिदा पनि सामाजिक सञ्जालमा छाउँछौँ
खोइ त चासो, कतै राष्ट्रियता हराएको त होइन ?

सरकारीकरण गरिनुपर्ने शिक्षामा निजीकरण गरिदै छ
खोइ त समाजवाद, कतै राष्ट्रियता हराएको त होइन ?

आपतकालीन अवस्थामा आफ्ना सन्तानको चित्कार
खोइ त खोजी, कतै राष्ट्रियता हराएको त होइन ?

हरेक ठाउँमा आफन्तवाद अनि घीनलाग्दो राजनीति
खोइ त अवसर, कतै राष्ट्रियता हराएको त होइन ?

जनताको जिउधन अनि स्वास्थ्य सुरक्षामाथि नै भ्रष्टचार
खोइ त आत्मसम्मान, कतै राष्ट्रियता हराएको त होइन ?

मदन भण्डारी मारिए, दरवार अनि निर्मला हत्याकाण्ड
खोइ त न्याय, कतै राष्ट्रियता हराएको त होइन ?

नेपाल देश, नेपाली हौँ हामी, हाम्रो देश, हाम्रो गौरव
हराउन नदिऊ, हाम्रो राष्ट्रियता, जय राष्ट्रियता, जय देश ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं