साहित्य

कविता : भोकको प्रश्न

भ्रष्टाचारको भोककति अरब खरबज्युनार गरिसकेपछि मेटिन्छ ?सत्ताको भोककति पटक सत्तारोहणपछिटन्न अघाउँछ ? छिमेकीको भोककति हेक्टर माटो मिचेपछिसन्तुष्ट हुन्छ होलामहामारीको भोककति समय हरेपछिशान्त हुने होला जनताको भोकआफ्नै घरभित्र कैद छओहोरदोहोर गरिरहेछ संकट बाटोमा।महामारीको परिभाषाकति लासको गन्तिपछिलेखिन्छ होला ? भोकाएको मृत्युघर घर चहार्दै छबजाउँदै घन्टी ।यतिखेर भोकसितमहाभारत रच्न समय आफैभोकै बसेको छर सोधिनै रहेको छएउटा यक्ष प्रश्नसबैले सबैलाई । भ्रष्टाचारको भोककति अरब खरबज्युनार गरिसकेपछि मेटिन्छ ? पुरा पढौ

गीत : खुकुरीमा धार लगाऔं लड्ने बेला भयो

खुकुरीमा धार लगाऔं लड्ने बेला भयोसिमानामा देशको झन्डा गाड्ने बेला भयो अति भयो , अत्याचार भो ,थिचोमिचो भयोछिमेकीको नकाब लगाई घात गरि रह्योपानी मिच्यो, माटो मिच्यो , गर्यो घेराबन्दीछाती भित्र दुखि रह्यो सुगौलीको सन्धि गए पुर्खा देशको लागि रगत बगाएरनेपाल आमा हामीलाई जिम्मा लगाएरकालापानी नगई हाम्रो तिर्खा मेटिदैनलडौं जबसम्म सिंगो नेपाल भेटिदैन । पुरा पढौ

कविता : हाय बकबास !

तिमी वकवास बुझ्दैनौम यथार्थ बुझ्दिनँ तिमी बकवासकै कुरा गरिरहेका हुन्छौपेपरमा,युटुबमा,टुइटरमा,फेसबुकमाछोडेनौ यहॉसम्म गुगलमा र म पढिरहन्छुपढिरहन्छुती तिम्रा बकवास कुरासुनिरहन्छुसत्य सम्झेर यसैगरी र तिमीले त्यसैगरी दुनियालार्इबकवास बनाइ रह्यौ र बनाइरहे गरिखान मान्छेलेर पढिरहे, पढिरहेर पढाइरहे सोझा मान्छेहरुपनि बकबासै पढेर भए पनिकेहि हुन्छ कि भन्न । पुरा पढौ

लघुकथा : अचम्मको जायज निर्णय

विश्वभरिका मान्छेको सातो र प्राण हरण गर्ने अन्तर्राष्ट्रि आतङ्कवादी कोरोना भाइरसले पुरूषप्रधान देशलाई पनि छोडेन । सरकारले कोरोना रोकथाम केन्द्रीय समिति गठन गर्यो । उक्त समितिमा काम नगर्ने तर गफले नारीवादी पुरूषको बाहुल्य थियो । छिमेकी राष्ट्रको सिको गर्दै शुरूमा १० दिन लकडाउनको सिफारिस गर्यो सरकारलाई । खाद्य र औषधीजन्य पदार्थबाहेक अन्य सबै बन्द हुॅदा पुरूष वर्ग अतालियो तर महिला वर्गलाई भने झनै भ्याई नभ्याई भयो । यस्तैमा नौ दिन… पुरा पढौ

दुई मुक्तक

भाग्य रेखा केर्न मिले केरिदिन्थेँ आफैदेशको सीमा अँगालोमा बेरिदिन्थेँ आफैजबरजस्ती लादिएका नियम कयौँ सम्बन्ध निफेर्न मिले निर्धक्क सब फेरिदिन्थे आफै । सीमा मिच्यो छिमेकीले निश्चिन्त छौ तिमीआफ्नै स्वार्थमात्र हेर्ने शोषक हौ तिमीइतिहासले धिक्कार्ने छ जिउँदो लास भनीउठ, जाग संहालेर नेतृत्व लेऊ तिमी ।  gkfriend8@gmail.com पुरा पढौ

गजल

मुखभन्दा धेरै अब हात चलाऊफाँड खोरिया अब घसेटा जलाऊ लोभ नगर भो ग्रीनकार्ड, भिषाकोबाँझो पाखोमा अब सुन फलाऊ के हुन्छ र साथी खाली हात बसेरपसिनाले अब यही माटो गलाऊ खाडीको धूपमा कति बगाउनु सीपनिर्माण गरौ न अब श्रमको तलाउ अर्काको बाच्छो चाट्यो मुखभरि रौविदेशमा भएका अब सबै बोलाऊ । पुरा पढौ

गीत

हिमाल, पहाड, तराई भन्दैछन् एकै स्वरमापस्दै छ होसियार त्यो कालो सर्प घरमा छन् घरभित्र धेरै सर्पकै मतियारकाचुलीमात्रै अर्कै हुन् सर्पकै ती यारखिया फालेर छिटो लगाउँ खुकुरी धारजुट्नुछ देशको लागि गर्नु छ खबरदार सहनै नसक्ने गरी दुख्दैछ सन्धि झन्झन्खुद्रा र थोकमा बिके आफ्नै घरका दुश्मनछोड्नु हुँदैनन् अब खोजौं छिटै विकल्पगर्नु छ विद्रोह, यहाँ पार्नु छ कायाकल्प । पुरा पढौ

लघुकथा : आहत

करिब तीन घन्टा भैसकेको थियो इन्द्रबहादुर लाइनमा बसेको। बसेको के भन्नू र उठेको । लाइन यति लामो थियो कि पालो आउदा दिन पुरै जाला जस्तो लाग्यो उनलाई । मधुमेहको रोगी इन्द्रबहादुर लाई चर्को घामको लाइनमा बस्दा भाउन्न भएर आयो । अस्तिदेखी राम्ररी खाना खाएको पनि छैन , नेताहरुले रासन दिन्छु त भन्छन बाड्दा बाड्दै सकियो भन्ने पो हुन की । आफुले चिनेकालाई धेरै दिने हामीजस्ता लाई थोरै दिने गर्ने पो… पुरा पढौ

तीन मुक्तक

देशले मागोस्, देशको निम्ति पूरै रगत बगाउन सक्छुविशाल छ मुटु मेरो, सिङ्गै देश अटाउन सक्छुकेही होइन म यो देशबिना, देश भएर बाँचेको छुनिसङ्कोच बलिदानीमा म आफूलाई चढाउन सक्छु । पैसा पाए नरक यात्रा आँट्नेहरु छन्स्वार्थ मिले स्वाभिमानै साट्नेहरु छन्आफ्नै दूनो सोझ्याउन खुकुरीझैँ बनीअचानोमा देशलाई राखी काट्नेहरु छन् । औंशीको रात आकाशमा जून रोएको बेलाअभाव अनि महङ्गीमा नून रोएको बेलागुहार मागी कराउँदैमा कस्ले पाउँछ न्याय यहाँअन्यायमा परी आफैँ कानुन रोएको बेला… पुरा पढौ

यमराजको अदालत

अकस्मात हृदयघात भइ उसको मृत्यु भयो। परिवारमा रुवाबासी चल्यो। छिमेकीहरूको मन कुँडिएर आयो । कोही भक्कानिए । कोही गहभरी आँसु पारे । छिमेकी रोएको देखेर गाउँलेहरू पनि रोए । अन्तेष्टिमा हजारौंको सहभागीता थियो। ठुला नेताजी आउनु भयो । पार्टिका झन्डा ओडाउँदै परिवारलाई सरकार समक्ष सहिद घोषणा गरि सालिक राख्ने आश्वासन दिनुभयो। उसलाई लिएर यमराजका दुतहरू हाजिर भए । यमराजले आफ्ना दुतलाई आदेशात्मक भाषामा सोधे - "यमदुत पृथ्वीबासिको शिफारिस के छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं