गीत : अलिअलि मिच्दै उस्को देशै खाने दाउ

अलिअलि मिच्दै उस्को देशै खाने दाऊँ
जाउँ साथी हामी सबै, सिमानामा जाऊँ

पटक पटक जुट्नुभन्दा जुटौं एकै पालि
दुश्मनलाई रोकौं अब, लगाऊँ तारजाली
लिपुलेक, कालापानी, त्यो लिम्पुयाधारा
जागौं अब एकै चोटि, जाऊँ नेपाली सारा।

भारतीय विस्तारवादको देशै खाने दाउ
जाऊँ साथी हामी सबै, सिमानामा जाऊ ।

बसेका छन् हामीलाई मधेसमा कुरी
पहाडको बलेसी छ, हिमालको धुरी
जानै पर्छ, जाऊँ सबै महाकाली तरी
हेपिरह्रो हामीलाई सधैं यसै गरी।

बल्झिरह्यो सधैंभरी त्यो सन्धिको घाउँ
जाऊँ साथी हामी सबै, सिमाना जाऊँ ।