मुक्तकहरु

हो चाकडी गरेपछि सम्मान मिल्छ मेरो देशमा
दूर देश सरेपछि सम्मान मिल्छ मेरो देशमा
बाँचुन्जेल घृणासँगै आरोप अनेक सास्ती दिइन्छ
आखिर मान्छे मरेपछि सम्मान मिल्छ मेरो देशमा ।

जीवाणुले मान्छेसँग कस्तो नाता लायो
हावा गतिमा फैलिई विश्वभर छायो
शाकाहार राम्रो बच्छ जीवन हाम्रोभन्दा
सीमितको स्वार्थले यहाँ सबले दुःख पायो ।

प्रकृतिले मान्छेसँग परीक्षा लिइरहेछ
यति बेला मान्छे निरीह जिइरहेछ
विवेक गुमाएर स्वार्थ लिप्त भइदिँदा
अनेक विपत्तिले जनलाई दुःख दिइरहेछ ।

 gkfriend8@gmail.com