आवस्यकता र अभाव फरक फरक हुन्छ
कस्ले कति पार्छ प्रभाव फरक फरक हुन्छ
मैलेमात्र यो ठानेर उसलाई झेलिरहेकी छु
मान्छे अनुसार स्वभाव फरक फरक हुन्छ ।
तिम्रै बन्छु म ’नि भन्दै रुनि थिए होलान्
सुन्दरताले झन् सजिलै छुनी थिए होलान्
धनले मनलाई जित्नी भए ती सोह्र सय गोपिनी
कृष्ण छोडी कुबेरका हुनि थिए होलान् ।
छैन गुनासो गर्नी ठाउँ यत्ति बुझिदिनुस्
मुटुभरी छ बिछोडको घाउँ यत्ती बुझिदिनुस्
यो सिउँदोमा उनको सिन्दूर लाउने रहर थियो
अर्कैले छोप्यो दाउ, यत्ति बुझिदिनुस् ।




