जेठ ९ गते २०७७

ताजा समाचार

जेठ ९ गते २०७७

लघुकथा :अनामिका



दाइ दाइ ….. ।परिचीत स्वर जस्तो लाग्यो ।पछाडि फर्केर हेरे ।अनामिका रैछे । आज आठ वर्ष पछि पालिखे चोकमा भेट भयो । पहिला पहिला भेट हुंदा मुठी उचालेर अभिवादन गर्थी । आज दुई हात जोडेर नमस्कार गरी ।मैले पनि नमस्कार फर्काए । म अलि हतारमा थिएँ ।

अनामिका : दाइ बिजि हो र ? चिया पिउन जाउँन ।
म ब्यस्त थिए ।जति ब्यस्त भए पनि उसको कुरालाई नाई भन्न सकिन । हामी दुबै जना नजिकैको चिया पसलमा चिया पिउन छिर्यौं। दुई कप चिया अडर गर्यौं

केही बेरको सुन्यतालाई चिर्दै अनामिका आफै बोली, “दाइ अब म अनामिका होइन । पहिले कि अनामिका मरिसकी दाइ । अब मलाई उहीँ पुरानो नाम अनिता भनेर बोलाउनु । हजुरले नै हो मेरो नाम अनामिका राखेको। सक्नुहुन्छ र मलाई माया गर्नुहुन्छ भने अनु मात्रै भन्नु । पहिला अनु नै भन्नुहुन्थ्यो क्यारे ।

“दाइ अब म अनामिका होइन । पहिले कि अनामिका मरिसकी दाइ । अब मलाई उहीँ पुरानो नाम अनिता भनेर बोलाउनु ।

म सँग प्रतिप्रश्न गर्ने तागत थिएन । चियाको सुर्की लिदै सोधे, “अनु अचेल कहाँ छौ । के गर्दै छौं ।”
अनामिका : के गर्नु दाइ । हामी बन्दुक र बारुद सँग खेल्ने बानी परेको ।अयोग्यको बिल्ला भिराएँ ।अहिले सानो काम गरेकी छु । हजुरलाई यिनै चोक र गल्लिहरुमा देखिरहन्छु । सहयोद्दा कमरेडहरुले देखेर चिन्लान भन्ने डरले सधै मुखमा मास्क लगाउछु। यै सहरमा पार्किङ उठाउने काम गर्छु । गौरवसँग सम्बन्धबिच्छेद भए पछि यो सहरमा म एक्लै छु दाइ “

म अचम्म परे । गौरव मेरो पनि प्रिय साथी थियो । ऊ अहिले साउदीअरबमा छ । प्रगतिशील गीतसंगित भने पछि हुरुक्कै हुन्थ्यो । उस्का जोशिलो प्रस्तुतिले सबैलाई जुरुक्क जुरुक्क उचाल्थ्यो।अनुको खाटा लागेको घाउँलाई उप्काउन मन लागेन । पछि फेरि भेट हुने सर्तमा मेरो भिजिटिङ काड दिदै । हामी छुटियौं।