अपसकुन छ दौर्पति कली युगमा
दुसासनको सकुन
पापलोचनमा छ दुर्योधन
लीलपुलेकमा सकुनीको अग्नि कुन्दन
गान्धारी नराख अब
सकुनीका समिपमा कौरवहरुलार्इ
अन्यत्र त भिस्मका स्वाभिमान र प्रतापहरु पनि
कलंकित हुनेछन्
कंलकित हुनेछन्
बिदुर ,दोर्णचार्य र
आचार्यहरु
नपरोस् कसैलाइ यो यो महापर्लयमा
आफ्नै भाइहरुसंग भाइहरु युद्द गर्नुपर्ने दिन
यो महापर्लयको मौका छोपेर
दुर्योधनहरुले कालापानीमा प्रतिघात गर्ने दिन
स्कन्ध, सूर्यको परागमा कसरी अन्धभक्त भइन् कुन्ति
र सुम्पिन कर्णलार्इ बेपर्वाह नदीमा
के युधीस्ठिर बन्न सक्छन् पेर्माकृत
उद्वेलित सूर्यको कवचसंग १
हो कृस्ण, कुन पेर्मको उजागर गर्यौ द्रौपदीमा ?
पॉच पतिका
पाँच सम्बोधनहरु
के मर्यादामा दर्हौपति पाँच पतिव्रता हुन सक्छिन् ?
हो अर्जुन, स्कन्ध , सूर्यको परागमा अन्धभक्त भइन कुन्ति
र सुम्पिन धर्मको कठोर युद्द आफ्नै कर्णको बेपर्बाहमा
दुसासन हुनु,
गान्धारीका श्लीलताहरुलार्इ बलात्कार गरेर
दुर्योधन हुनु धृर्तरास्टका बलीहरुलाइ बलात्कार गरेर
दौर्पतिका समिधाका रासहरुलाइ
बलात्कार गरेर
हो, कृष्ण अझै पनि सकुनीहरु महाभारतका युद्द गर्छन्
मेरा आमाका छातिहरुमा
लिपुलेक र पिम्पियधुराहरुमा
र हुर्काउछन् दुसासनहरु
बढाउँछन दुर्योधनहरु
जुवामा हराएर कली युगका युधिस्ठिरहरु
बाज़ी जिताएर कली युगकै धृतराष्टहरुलाई
र मनमौजी गर्छन् मेरो पावन भुमीमा
गान्धारी र कुन्तीहरुका गरीमालाइ बलात्कार गरेर









