कविता : के दिऊँ खोई बदलामा मैले ?

ती तिम्रा प्यारका बदलामा मैले
के दिऊँ, के नै दिन सक्छु र ?

आशा तिम्रा ,ती महान् आकाङ्क्षा
दवाइएका ती प्रेम स्वार्थ वा निःस्वार्थ
जसरी तिमीले दियौ, त्यो प्यार
बदलामा म के नै दिन सक्छु र ?
मसँग दिने त्यस्तो उपहार छैन
मसँग दिने कुनै हार छैन
सबै सांरिक भौतिकताले
असम्पन्न र दरिद्र म
कुनै स्वामित्वमा खासै केही छैन
सन्सारलाई अमूल्य देख्ने
म तिम्रो साथी
संसारबाट हेपिएको भौतिकताले
तिमीलाई उपहार दिन त मन थियो
भएर के गर्नु खासै, केही छैन
बदलामा दिने कुन‌ै उपहार छैन
शुष्क मन, केवल निरस जिन्दगी बाँचेको
पीडित स्वर गीत लहरीमा जीवन साँचेको
यति बेला मेरो मन, मन मेरो छैन
बदलामा, म के दिऊँ तिमीलाई ?

दिऊँ कसरी निःस्वार्थ प्रेम
म आखिर म, म नै छैन
कसरी बनूँ म तिम्रो मान्छे ?
दिने कुनै उपहार छैन ।