साहित्य

लघुकथाः मनमुटाव

खोरका कुख्राझै एक्कासी बाहिर निस्के, जीऊ तन्काए र लामो सास फेरे । त्रास सिद्धिएकै थिएन । बजार, मन्दिर आदि फेरि भीड देखिन थाल्यो । आतंकित मत्र्यलोकवासीहरु तीन फिटमै थिए । ब्रह्मलोकबाट हेर्दा कोही चौर, कोही पार्क, कोही डाँडाकाँडातिर थिए । लक्कडाउन खुलेको भर्खर २ दिन भएको थियो । स्वर्गका राजा इन्द्रले अनायास नारदलाई बोलाएर भने, “यी बुद्धिमान प्राणीहरु केके गरेका रहेछन्, हेरेर एक एक अभिलेख बुझाऊ त ।”नारदले हत्तपत्त ध्यान… पुरा पढौ

लघुकथा : काजी साहेब

" आज हाम्रो गाउँका काजी साहेबकी छोरीको बिहे छ । अस्ति काजी साहेब आफै आएर निम्तो दिएर गएका छन्। मेरो इस्टाकोट र दौरा सुरुवाल बाक्साबाट निकालेर राखिदेऊ त चन्द्रकला !" धन बहादुरले पत्नीलाई आदेश दियो। पतिको कुरा सुनेर चन्द्रकलाले भनिन् -" बुडा उसोभए हाम्री सानी छोरी ,म र तपाइँ तीनै जना उतै गएर खाउँ न त खाना हुन्न ? एक छाक भएपनि टर्छ ।" बिहान बेलुकाको छाक टार्न पनि मुस्किल… पुरा पढौ

कविता : गाउँमा फर्क भाइ

(अनुष्टुप छन्द) भाइ अधर्मको खेती गर्न तिमी रमाउँछौ ।दुःख पाएँ भनी फेरि माथ आफ्नो समाउँछौ ।।नयाँ वस्त्रन पाएर रुन्छौ तिमी सधैं भर ।बिना कर्तव्यले मान्छे शान्त सुखी कतै छ र ? ।गाउँमा जन्मियौ भाइ बस्छौ शहरमा तर ।।विना कमाइ मान्छेको चाहना पुग्न सक्छ र ? ।अरूको चाल देखेर थुक निल्छौ अहो ! किन ।।थाल्छौंशहरमागर्न सधँैभर कुलक्षण ।लफुङ्गाले तिमीलाई यहाँबाट धपाउलान् ।अथवा व्यक्तिको हत्या गर्न पाठ सिकाउलान् ।।फसौला जिन्दगी आफ्नो बनाउला… पुरा पढौ

लघुकथाः अप्रिल फुल

असी वर्षे सर्बजीतले बुहारीलाई भनेः ‘तातो पानी ले न बुहारी’‘ल ल, ल्याइहालेँ, कत्ति कराको रु’ बुहारीले भनिन् । तर पानी आएन ।उनले छोरालाई भनेः ‘डाक्टरकोमा लैजा न बाबु’‘ल ल भोलि लैजान्छु’ । भोलि भोलि भनेको पनि छ महिना भएको थियो । डाक्टरकोमा लगिएन ।उनले सानो प्यारो नातिलाई भनेः पढ्नु पर्छ बाबु’‘पढी सकेँ’ नातिले उत्तर दियो । उनलाई थाहा छ उसले पढेको छैन ।ठुली नातिनीलाई सोधेः ‘त्यो केटा को हो रु’नातिनीले… पुरा पढौ

गजल

वर्खे खोला वारपार छ, तीर देखिदैनकहाँबाट, कहाँसम्म हो शिर देखिँदैन जीवन जीउनु उस्तै छ आजकलहाँसो देखिन्छ कुण्ठित, पीर देखिँदैन बल्ड्याङ खान्छ फेरि उठ्छ जिन्दगी योनाङ्गो आँखाले मनको भीर देखिँदैन जल्छन् कयौ सपनाहरु, बिना कसुरराफिन्छ जीवन उनिएको झिर देखिँदैन नियास्रो लाग्छ, फिक्का लाग्छ आफैंसँगउफ्रेर, लम्केर खोज्छु, तक्दिर देखिँदैन पुरा पढौ

कविता : विदेशमा रहेका छोराछोरीलाई बाबुको चिठी

होसियार हुनु कतै गएर नबस्नु घरमै रहीकिनमेल गर्नु बिहान बेलुका १ मिटर टाढा रही काम गर्दा हात धुन नभुल्नू साबुन र पानीलेहात नधोई नखानु केही सप्रिन्छ त्यही बानीलेमास्क लाउनु कतै जाँदा साथमा सेनीटाइजरडरपोक नहुनु निर्धक्क रहनु बाँकी यसैको भर। मुख छोप्नु दुबै कुहिनाले हाच्छियुँ आउँदा जबखाना खानू अब हतार नगरी राम्रो पकाईज्यादा गन्थन कति गरुँमता नभेट हुन्छ यताउपाय अरु केहि देखिन आज लौ बिदा हुन्छु म त। पुरा पढौ

कविता : कोरोना-सत्ता

यतिखेर चलिरहेछ विश्वभरनयाँ कोरोना–सत्ता ! इतिहासका कुनै सम्राटको पहुँच नपुगेकोवर्तमानका कुनै राज्यसत्ताले कब्जा गर्न नभ्याएकोपूरै विश्वकब्जा जमाइरहेछ यतिखेरनयाँ कोरोनालेर, सङ्घर्ष गर्दैछ उसका विरुद्धसिङ्गो मानव–सत्तासंपूर्ण राज्य–सत्ता ! राज्यसत्ता भोग्दै आएकीमेरी सानी छोरी सोध्छे—बाबा ! के फरक छकोरोना–सत्ता र राज्यसत्तामा ?उम्कन नसकेपछि उसको प्रश्नबाटटार्न नसकेपछि उसको जिद्दीलाईसुस्तरी भन्छु म—हेर्दा उस्तै–उस्तै लाग्छ छोरी, तरधेरै फरक छ यी दुईको सत्तामा !विभेद गर्दैन कोरोना सत्तासम्राट र सडक–छाप मानिसमारङ्गभेद, जातिभेद, लिङ्गभेद र वर्गभेदकेही जान्दैन, केही मान्दैन… पुरा पढौ

गीत : साँझ घर फर्किएर…

साँझ घर फर्किएर दैलो टेक्दा खेरिदुःख भुल्छु तिम्रो ओठमा हाँसो देख्दा खेरि पर्खि बस्छौ बाबा आउँछ, पापा ल्याउँछ सोच्दैलुटपुटिन आईपुग्छौ काख न्यानो खोज्दैमिठो लाग्छ महजस्तै तिम्रो तोते बोलीत्यै बोलीमा हराउँछु हरपल आज भोलि जे बोल्यो त्यो पुगेन कि रोईदिन्छौ जैलेतिम्रा लागि हाँसी हाँसी हारीदिन्छु मैलेसमातेर औंला मेरा अघि बढ्दै जाउजाउ बाबु जिन्दगीको सिँढी चढ्दै जाउ । पुरा पढौ

कविता : तिम्रो कुरुप मुहार

कहिले ललाट,कहिले अधरकहिले नयन कहिले पुरै अनुहारहेरेर भन्छतिम्रो कुरुप मुहारचन्द्रमा जस्तै सुन्दर देख्नेनजर भएको भएघाम जस्तै न्यानो माया दिनेहृदय भएको भए कास नजर जुधाइ मृगनयनी देखेको भएअथाह प्रेम गरेको भएसुन्दरता त हेर्ने नजर मा भर पर्ने रहेछ आज कुरुप अनुहार भन्नलाईहिजोकिन ढु़ंङ्गा र माटो जस्तै जोडिन पुग्यौ?ए मेरो सुन्दर प्रेमी फुलको अनुहार मात्र हेरेर कति दिन प्रेम गर्न सक्छौ? तिमीलाई के थाहा फुलहरु सुन्दर भएर मात्रै सम्मानित भएका होइनन् मनहरु… पुरा पढौ

बालगीत : आकाशमा लागेछ…

आकाशमा लागेछ कालो कालो बादल गीत गाउन भनेर भाइले झिक्यो मादल । हाम्रै नजिक बस्यो सानू पप्पी आएर नाच्न थाल्यो बिल्लीले मीठो गीत गाएर । माकुर माकुर परेवा घुर् घुर् गर्दै हामीसँगै नाच्न थाल्यो वर वर सर्दै । बाहिर पानी परेनि असिना नै झरे नि बाबाआमा आउनुभो परर ताली लाउनुभो । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं