बाल कथा : अनलाइन लुँडो


बिहान आठ बजेको थियो । सरिताले साथीलाई फोन गरिन् । “हेल्लो आभास १ तिमी मेरो घरमा नआऊ है, कोरोना भाइरस आएको छ । आउनु हुन्न । आयौ भने कोरोना सर्छ रे ममीले भन्नुभ’को ।” आभासले भन्यो –“आउँदिनँ सरिता आउँदिनँ । कोरोना भाइरस आइसक्यो । अब हामी केही दिन घरमै बस्नुपर्छ ।” सरिताले दिनभरि बस्दा अल्छी लाग्दैन भनेर सोधी । “यत्तिकै घरमा बस्दा त साह्रै अल्छी लाग्ने रैछ सरिता । लागेर पनि क्यार्ने रु स्कुल जान नि पाइन्न । खेल्न पनि हुँदैन भनेर बाबाले भन्नुभएको छ ।”

खितितिति हाँस्दै सरिताले भनी, “खुच्चिङ १ बल्ल खायौ ।” सरिताको हाँसोले अलिअलि मुस्कुराइरहेको आभासलाई सरिताकै ‘खुच्चिङ’ शब्दले कताकता रिस पो उठायो । हाँसो र रिसमिश्रित आवाजमा आभास बोल्यो, “मलाई मात्र किन नि रु तिमी पनि त साथीसँग खेल्न पाउँदिनौ, तिमीलाई पनि खुच्चिङ १” हाहाहा।।। हामी त खेल्छम् बा।।रे । हिजो पनि मामाघर भाइसँग खेलेको । आज पनि खाना खाएपछि खेल्ने हो । कति मजासँग खेलेको । कति रमाइलो भयो ।”

आभासले पत्याएन र भन्यो –“भो भो गफ नलाऊ । तिम्रो मामाघर बिराटनगर हैन र रु हामीलाई थाहा नपाएझैँ नगर है । तिम्रो भाइ आएकै छैन अनि कसरी खेल्छौ तिमीहरू रु यति सारो गफ नहान न सरिता । मिल्ने साथीलाई पनि ढाँट्ने हो रु ढाँट्ने मान्छेको त घाँटीमा गाँड आउँछ रे मलाई मामाघरको हजुरआमाले भन्नुभ’को ।” “ढाँट्न हुन्न भनेर त अस्ति मिसले पनि भन्नुभएको थियो नि । मैले ढाँटेकै हैन । तिमी त मेरो केही कुरा पनि पत्याउन्नौ के, छुच्चो १ साँच्चै भनेको हो के । नपत्याए अहिले खाना खाएपछि तिमीसँग पनि खेल्छु, अनि थाहा पाउँछौ । अहिले फोन राखेँ बाइ।।।।।” यति भनेर सरिताले फोन राखी ।

आभासलाई ममीले चिया खान बोलाउनुभो । आभास सरासर भान्सामा चिया पिउन गयो । चिया पिउँदै सरिताले भनेको कुरा मनमा खेलाइरह्यो । यस्तो बेलामा साथी साथी भेट्न त मिल्दैन, कसरी खेल्ने रु यस्तै यस्तै अनेक कुरा सोचिरह्यो । धेरै दिनदेखि खेल्न नपाएको र आज सरिताले खेल्ने कुरा गरेपछि ऊ सरिताको फोनको प्रतीक्षामा बसिरह्यो । चिया पिएपछि टिभी कोठामा गयो । जतिबेला पनि यही दिन्छ भनेर कार्टुन आइरहेको टिभी बन्द ग¥यो । आमाको फोन हातमै लिएर युट्युबमा गीत हेर्न थाल्यो । गीत लगाए पनि उसको ध्यान जति सरिताको फोनको पर्खाइमै थियो ।

खाना खाएको एकछिनमा झ्यालबाट खाली सडकमा हेरिरहेको बेला फोनको घण्टी बज्यो । फोन उठायो । “आभास १ अब हामी देल्ने है । तिम्रो ममीको म्यासेन्जर खोल त । वाइफाइ छ नि है तिम्रो घरमा रु” सरिताले भनेको सुन्नासाथ ममीकै मोबाइलबाट त बोल्दै छु, म्यासेन्जरबाट कसरी खेल्न सकिन्छ र भनी सरितालाई सोध्यो । “मिल्छ नि । मैले म्यासेन्जरमा पठाइसकेँ हेर त ।” के पठायौ हेर्छु ल भनेर म्यासेन्जर खोलेको त लुँडो पो रहेछ । “सरिता, मोबाइलमा लुँडो कसरी खेल्ने र रु मलाई त आउँदैन ।” सरिताले भनी –“तिमी, म, मामाघरको भाइ र हाम्रो साथी आरुस भएर खेल्ने । बाहिर खेलेजस्तै हो नि । म्यासेन्जरमा हेरिहाल त ।”

हस् मैले हेरिहालेँ भन्दै आभासले फोन काटेर म्यासेन्जरमा हे¥यो । नभन्दै सरिताले लुँडो पठाएकी रहिछन् । उसले प्ले बटन थिच्यो । खेल सुरु भयो । उसले अहिलेसम्म अनलाइनमा लुँडो खेलेको थिएन । मोबाइलमा साथीहरूसँग लुँडो खेल्न पाइन्छ भन्ने आभासलाई थाहा थिएन । साथीसँग भेट नभए पनि भेट भएझैँ खेल्न पाएर आभास दङ्ग प¥यो ।

यसरी घरमै बसीबसी अनलाइन लुँडो खेल्न पाएर चारैजना खुसी भए । उनीहरूले आज चार गेम खेले । लकडाउनभरि यसरी नै लुँडो खेल्ने है भन्दै उनीहरू छुट्टिए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं