जीवन नेकपा कास्की इन्चार्ज

नेपाली कम्युनिष्ट पार्टी -नेकपा) कास्की इन्चार्जको जिम्मेवारी रामजीप्रसाद बराल …जीवनÚले पाएका छन् । यसअघिका इन्चार्ज नेत्रनाथ अधिकारीले घरायसी तथा पारिवारिक उपचारका कारण समय दिन नसक्ने भन्दै बिदा मागेपछि बरालले जिम्मोवारी पाएका हुन् ।

बैठकमा नेकपा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेल …सुनीलÚले केन्द्रमा हालै भएको संयोजन समितिको बैठक तथा समसामयिक राजनीतिक घटनाक्रमबारे नेता–कार्यकर्तालाई जानकारी गराएका थिए ।

पोखरा–२२ का बासिन्दा जीवन माओवादी आन्दोलनमा संलग्न पुराना नेता हुन् । उनी गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रीसमेत बनेका थिए ।