टान गण्डकी अध्यक्षमा तीर्थराज

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान गण्डकी)को अध्यक्षमा तीर्थराज सुबेदी सर्वसम्मत भएका छन्।

टान गण्डकीको ३३औँ वार्षिक साधारणसभा तथा १९औँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।

द्वितीय उपाध्यक्षमा गोपालकृष्ण संग्रौला, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल चयन भएका छन्। कार्यसमिति सदस्यमा बलराम दाहाल, भुपेन्द्र गौतम, अजयराज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल रहेका छन्।

उम्मेदवारको प्रथम नामावलीमाथि कसैले दाबीविरोध नगरेको र कसैले उम्मेदवारी फिर्ता नलिएकाले निर्वाचन समितिले सोही नामावली अन्तिम गरेको थियो।

पदमार्गको विकास, पर्यटक सुरक्षा, जोखिमयुक्त पदमार्गको पहिचान तथा विपद्पछि पर्यटन क्षेत्रको पुनःस्थापनामा जोड दिने नवनिर्वाचित अध्यक्ष सुबेदीले बताए।