स्थानीय तहको चुनावमा आइते दाइले सातै सूर्यमा भोट हाले ।उनको भोट खेर गएन । सातै जनाले चुनाव जिते । आइते दाइ साह्रै खुसी भए । सबैले जितेको खुसियालीमा एक दिन कामै छोडेर विजय र्यालीमा हिडेँ । विष्टहरु सामन्ती भए पनि विष्टको नाति दयालु छ जस्तो लाग्थ्यो उनलाई ।
त्यो दिन आफ्नो नेताले जितेको अवसरमा चमेली दिदीको भट्टीमा दुई बोतल खाए । आफुले मात्रै खाएनन । आफ्नै पसिनाले कमाएको पैसाले आफ्ना साथीहरुलाई पनि पार्टी दिएँ । त्यो साँझ अलि मात्ने गरेरै पिए आइते दाइले ।
केही दिनमा पत्रपत्रिकामा एउटा समाचार आयो । गाउँपालिका प्रमुखले सरकारले दिएको सुविधाको गाडी नचढ्ने । त्यही सुविधाको पैसाले डोजर किन्ने, आफ्नै मोटरसाइकलमा डुलेर जनताको सेवा गर्ने । दुर्गम गाउँहरुमा उनको फेरि प्रशंसा भयो । दलित बस्तीमा जयजयकार भयो ।
‘देखिस बुढी, विष्टको छोरा कति क्रान्तिकारी छ । हाम्रो नेता हो ऊ। अब हाम्रो पालिकाबाटै समाजवाद आउँछ ।’
आइते दाइ फेरि माते । चमेली दिदीको भट्टीमा फेरि लोकल रक्सीको पार्टी दिएँ । त्यो दिन पनि बढी नै पिए आइते दाइले । बल्लतल्ल चार खुट्टा टेकेर घरमा पुगे । घरमा बुढीलाई गफ लाएँ, ‘देखिस बुढी, विष्टको छोरा कति क्रान्तिकारी छ । हाम्रो नेता हो ऊ। अब हाम्रो पालिकाबाटै समाजवाद आउँछ ।’
बुढीले भनिन्, ‘भो भो मातेर धेरै गफ नलाउ । भोलिपल्टै देखिन्छ अनि फेरि धोकौला ।’
छ महिना भयो । राजमार्गमा सडक सफा गर्दै थिए आइते दाइ । उनको कामै त्यही थियो। राजमार्गमा कुल्ली काम गरेर गुजारा चलेको थियो । सडकका नाली सफा गर्दै थिए । काम गरिरहेकै छेउमा उनको घरभन्दा पनि ठूलो गाडी आएर रोकियो । उनी अचम्म परे । गाडीबाट झरेर त्यो मान्छे उनको नजिकै आयो ।नजिकै आएपछि मात्रै चिने उनले । विष्टको नाति थियो । आँखा तिरमिर तिरमिर भए ।
एक चोटि आफ्नो घरभन्दा ठूलो गाडी र अर्को चोटि विष्टको नातीलाई हेरे । फेरि आँखा मिँचे । विपनामै थिए उनी । फेरि पनि उनलाई सपना जस्तो लाग्यो ।
विष्टका नातिहरु पनि कम्युनिस्टको नाममा शोषक भएर निस्किएँ । अब फेरि अर्को क्रान्ति सफल गर्नुपर्छ। मेरो घरमा भन्दिनु, ‘अबदेखि मलाई नखोज्नु । म क्रान्तिकारीहरुलाई खोज्न हिँडे ।
उनको नजिकै आएर विष्टको नातिले भन्यो, ‘आइते दाइ, के छ खवर ? सन्चै छौं ?’ उनी झस्किएँ । गाडी र विष्टको नातिलाई हेरीमात्रै राखे । केही बोलेनन् । आइते दाइको मुखबाट कुनै आवाज आएन । रिसले अनुहार कालो र नीलो भए । आइते दाइको अनुहारमा परिवर्तन देखेर बिष्ट बाबु पनि झस्कियो।
फरक्क फर्किएर गाडीमा चढ्यो । धेरै समयसम्म आइतेले आँखा मिचिराखे । आइते दाइ काम नै छोडेर फेरि चमेलीको भट्टीमा गए । त्यो दिन उनले रक्सी पिएनन् । पाकेट छामे, ४५ सय रहेछ । त्यो पैसा चमेलीलाई दिए । त्यसपछि चमेलीलाई भने, ‘हेर चमेली गणतन्त्रमात्रै आएको हो । हाम्रा दिन फेरिएका छैनन् ।’
विष्टका नातिहरु पनि कम्युनिस्टको नाममा शोषक भएर निस्किएँ । अब फेरि अर्को क्रान्ति सफल गर्नुपर्छ। मेरो घरमा भन्दिनु, ‘अबदेखि मलाई नखोज्नु । म क्रान्तिकारीहरुलाई खोज्न हिँडे । यो पैसा मेरो घरसम्म पुर्याइदिनू ।’
यसरी आइते गाउँबाट हराएको आज साढे दुई वर्ष भयो । आइते कहाँ छ, गाउँलेलाई थाहा छैन। काही भन्छन् कम्युनिस्ट पार्टीको ठूलो नेता भएको छ । कसैले भन्छन् पुलिसले पक्रेर राखेको छ । कसैले मरिसकेको हल्लासमेत गर्छन् । आइतेको जायजन्म भएका छैनन् । आइतेकी जहान पतिको बाटो हेर्दै बसेकी छिन् ।










