बालगीत : घर कहाँ पुतलीको…


विद्यार्थी
घर कहाँ पुतलीको, बाँच्न के के खान्छन् ?
भनिदिनू गुरुआमा, कहाँसम्म जान्छन् ?

गुरुआमा
प्रकृति हो घर हेर, फूल रस खान्छन्
स्वतन्त्र छन् उड्नलाई, जहाँ पनि जान्छन् ।

विद्यार्थी
कस्ता कस्ता हुन्छन् यिनी, थरीथरी देख्छु,
भनिदिनू गुरुआमा, म कापीमा लेख्छु ।

गुरुआमा
धेरै रङ्ग हुन्छन् सुन, लेख्दालेख्दै गल्छौ
बनाउन चित्र तिमी, जति रङ्ग दल्छौ ।

विद्यार्थी
दिनभरि कहाँ हुन्छन्क, हाँ हुन्छन् राति ?
भनिदिनू गुरुआमा, को को हुन् त साथी ?

गुरुआमा
दिनभरि स्कुलमा, घर हुन्छन् राति,
माया गरे पुतलीको, तिमी पनि साथी ।

विद्यार्थी
के नामको स्कुलमा यिनीहरू पढ्छन् ?
भनिदिनू गुरुआमा, के गरेर बस्छन् ?

गुरुआमा
संसार नै स्कुल हो, घुमीघुमी पढ्छन्
तिमीहरू जस्तै मिली उनीहरू बस्छन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं