मुक्तक मञ्च, पोखराले हरेक महिनाको अन्तिम शनिवार संचालन गर्दै आएको नियमित मुक्तक वाचनको १४३ औं शृङ्खला आज भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिनको लागि मुलुक लकडाउनमा रहेको अवस्थामा पनि प्रविधिको प्रयोग गर्दै अनलाइनमार्फत मुक्तकवाचन गरिएको हो ।
जुम एप्समार्फत भिडियो कलद्वारा भएको कार्यक्रममा सरला लामिछाने सरु, मन क्षेत्री, लक्ष्मण थापा, प्रभाकर तिमल्सिना, रुद्र अधिकारी, हिरा अधिकारी, गीता तिवारी, प्रकाश अधिकारी, भरतराज पौडेल, निर्मल पराजुली, उपेन लगायतले मुक्तक सुनाए ।
केही कमेन्ट र म्यासेजमा प्राप्त मुक्तककारका मुक्तक मुक्तक । मञ्चकी सचिव अनिता दाहालले वाचन गरेकी थिइन् कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष राम्जीप्रसाद आचार्यले गरेका थिए ।




