साहित्य

कविता : राष्ट्रभाव

देशको माया के थाहा ईमान्दारिता बेच्नेलाईजनताको पिडा के थाहा कुर्चीमा बस्नेलाईदेश रोईरहेछ तिमी पदको लागि लडिरहन्छआँसुको अर्थ के थाहा रुवाई छाड्नेलाई।*****कपालको रङ्ग फ़ेरिनसक्छ मन फ़ेरिनेछैनसोचहरु बदलिनसक्छ माया बद्लिनेछैनथाहा छ, चोट कहाँ लाग्छ अपमान के हो?मर्न बरु तैयारछु मेरो स्वाभिमानी बेचिनेछैन।*****गरिब ठानेर तिमि हेला नगर्नु मलाईझुट्टा प्रसंसा पनि कहिल्यै नगर्नु मलाईभगवानसँग एक राष्ट्रनेता मागेकी छुआँसुको मुल्य कति हो? नसोध मलाई। पुरा पढौ

गजल

कि हजुरहरुको प्रचार अलिक कम भएको हो होइन, खल्तीको हजार अलिक कम भएको हो ! मालिक पसलमा मान्छेहरु बिकेका बिक्यै छन् मात्र मायाको व्यापार अलिक कम भएको हो सिटामोल नपाएर कर्णालीमा मान्छे मरिरहेछन् डाक्टर भन्दै छ उपचार अलिक कम भएको हो पाँचका लागि सयको झट्का अझै पुगेन कर्मचारीलाइ उपहार अलिक कम भएको हो पुरा पढौ

कविता : प्रश्न्न

हुन त म, रिसाएर तिम्रो मनकोसगरमाथा होचिने हुदै होइन!तर,तिमी रिसाउदा मेरो दुखकोमाछापुच्छ्रे किन अग्लिन्छ ?सपनीमा देख्दा पनिदेखे भन्न नपाउनु,तिमीसग खुलेयाम बोल्छु भन्न नपाउनु,अधिकार कटौती भैइरहेको तिमिले देख्यौँ ?प्रेम पोखिएरभुइँमा न भाडामा भएको तिमिले देख्यौँ ?के तिमिले म ,म नरहेको देख्यौ?के छ अरु लक्ष्य ?के छ रअरु उद्देश्य ?तिमिसम्म पुग्नु छतिमिमै रोकिनु छ !! अहिलेको परिस्थितिमा !!गुच्चा, मट्याङग्राखुट्टे ,बारहाते खेलखेल्न सक्दिन म तिमीसगआउ खेलौ बिचारकोबौद्धिक ब्याटम्यान्टिन!! हरेक बिहानसमृद्धिको बिहान होस !!हरेक… पुरा पढौ

कविता : पहिरो

पहिरो भनेको भत्कनु हो यो विनासको संसारमा पहिरो जहाँ पनि जान्छ वनमा जान्छ, मनमा जान्छ, यौवनमा जान्छ र जीवनमा जान्छ र भत्कनुको अर्थमा पहिरो गएपछि विनास हुन्छ, पहिरो जान्छ अनि देखाइमा फरक हुन्छ अझ पहिरो देखाइमा भन्दा पनि दुखाइमा गहिरो हुन्छ यसैले पहिरोको लेखाजोखा केवल अनुभुतिभित्र हुन्छ र पहिरो भनेको प्रक्रिया हो यसैले जान्छ पहिरो ( पहाडमा जान्छ वन नाङ्गो हुन्छ, (यौवनमा जान्छ, जीवनको वैसाखी भाचिएर दुनिया अपांगो हुन्छ, बाँच्नुको… पुरा पढौ

कविता : देशभित्रै शरणार्थी भएको छ मान्छे

अचेल नेपथ्यमा सुतेका छन् आवाजहरु सुतेका छन् कृत्रिम खुशीहरु अचेल मान्छेले मान्छेसंग शान्त भएर जीवन जीउन चाहेको पनि धेरै भो अचेल मान्छेले मान्छे छाडेर एक्लै जीउन जंगलमा बस्ती बसालेको पनि धेरै भो अचेल सिकारीहरुभित्र बसेका छन् अचेल चराहरु मुक्त कण्ठले चीरबिराइ रहेका छन् अचेल मानिसले टेक्न छोडेका दुबोका भुमीहरु मौलाउँदै छन् सुतेको छ कोलाहलपूर्ण सडक प्रिय लाग्छ कोलाहलहीन बस्ती अचेल सुतेका छन् सडकका नसकिने राता बत्तिहरु अचेल कोठाबाटै सुन्न सकिन्छ… पुरा पढौ

गीत : भोकभोकै हामी मजदुर सकिएन मर्न

बाध्य पारेऊ हामीलाई थानकोटबाट झर्न भोकभोकै हामी मजदुर सकिएन मर्न फेरिदैन देशको मुहार उखान मात्रै हाली भक्तहरु खुसी हुँदै ठोक्छन अझै ताली यो देशलाई हुन्न दिन्नौं विर्ता तिम्रो बाउको हसिया र हथौडाले फोर्छौं तिम्रो टाउको तिम्रो पन्जाबाट देशलाई छिटो मुक्त गर्न भोकभोकै हामी मजदुर सकिएन मर्न । अबसर छोपी संसदवादमा रमाउनेहरु कमिसन र घुसखोरीमा कमाउनेहरु पानी पनि भन्न दिन्नौ पार्छौं फिटीफिटी संसदीय ब्यबस्थालाई खारेज गर्ने निती। पुरा पढौ

कविता : राम साइँलो

आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस सदाझैँ एकबिहानै उठ्यो राम साइँलो र, सरासर आरनमा गएर बस्यो आरनबाट खरानी उधिनेर निकाल्यो ऊभित्रको शक्तिजस्तै झरझराउँदो आगोको फिलुङ्गो ततायो फलामका डण्डि र पिट्यो हम्मरले बनायो हँसिया, बन्चरा र खुकुरीहरु आज सदाभन्दा निक्कै खुशी छ ऊ चारैतिरबाट औजारको माग आएको छ भ्याई नभ्याई छ उसलाई कतै हेर्ने फुर्सद छैन त्यसैले प्रफुल्ल छ उसको अनुहार उता, भेडाका बथान जस्तै मान्छेहरु हामीलाई रोजगारी दे श्रमको उचित… पुरा पढौ

कविता : पर्खालभित्र /पर्खालबाहिर

पर्खालभित्र छु म यतिखेरमनलाई पनि पर्खालभित्रै राखेकी छु नचिहाउनु यादहरूले पनिपर्खालबाहिरबाट ,यादहरूकै छाता ओडीनतप्किनु बलेसी पर्खालभित्र पर्खालभित्र जेजे छन् त्यसैमा रमाउनु छपर्खालभित्र जोजो छन् उनैसँग पनि दूरी कायम राख्नु छ कुक्क कुक्क बाडुलीमानउभिनु तिमी पनिनपठाउनु शितका थोपाहरूबिहानैबिहानै दुवोका पातहरूमा पर्खालभित्र छु म यतिखेरनचिहाउनु हावाले पनि पर्खालबाहिरबाट नपस्नु सुटुक्क गौँथलीहरूपर्खालभित्रनपस्नु खुरुक्क पुतलीहरू पर्खालभित्रनपस्नु भँवराहरू खुसुक्कपर्खालभित्र यतिखेर पर्खालभित्रै संसार अटेको छ यतिखेर पर्खालभित्रै सुरक्षित अनुभूत भएको छ पर्खालबाहिर छेपाराहरू सल्बलाएका छन् पर्खालबाहिर… पुरा पढौ

दुई गजल

१. कहिले अचम्म लाग्छ...... कहिले अचम्म लाग्छ यिनको पारा देखेर पु¥याउनै नसकिने यी अजिङ्गरको आहारा देखेर जीवन बुझ्न नसकेर छट्पटाउँछ ऊ छक्क पर्छु म यो संसार सारा देखेर ।। देश लुट्नेहरु लुटिरहेछन्, छुटिरहेछन् यहाँ न्यायालय नै मौन छ ज्यानमारा देखेर ।। जो जीवनमा लिएर आए या दिएर गए सम्झन्छु म आजकल तिनलाई तारा देखेर ।। २. सम्झन्छु आमा सम्झन्छु अनि गाउँघर सम्झन्छु तिमी समीप हँुदाको प्रहर सम्झन्छु ।। कति पूरा… पुरा पढौ

कविता : सरकार !आऊ मेला हेर्न जाऊँ

सरकार ! यतिबेला देशभरी सन्त्रासको मेला लागेको छ आऊ तिमी पनि भोलि बिहान सबेरै, राजधानीको सडकमा हामी पैदल यात्रा गर्दै जुम्ला, जाजरकोट जाउँला तिमी आफ्नो झोलामा दुई, चार पोका आश्वासन बोक म मेरो झोलामा दुई, चार बोतल आँसु बोकूँला यात्रामा म जस्तै मजदुर भेटिन सक्छन् तिनका झोलामा पनि होलान् दुईचार पुरिया टुक्रिएका सपना दुई, चार प्याकेट बाङ्गाटिङ्गा भाग्य संगै मिलीजुली बाँडेर खाउँला सरकार, तिमी आत्तिनु पर्दैन थाक्यौ भने त्यहाँ प्रशस्तै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं