आकाशमा लागेछ
कालो कालो बादल
गीत गाउन भनेर
भाइले झिक्यो मादल ।
हाम्रै नजिक बस्यो
सानू पप्पी आएर
नाच्न थाल्यो बिल्लीले
मीठो गीत गाएर ।
माकुर माकुर परेवा
घुर् घुर् गर्दै
हामीसँगै नाच्न थाल्यो
वर वर सर्दै ।
बाहिर पानी परेनि
असिना नै झरे नि
बाबाआमा आउनुभो
परर ताली लाउनुभो ।









