साहित्य

कविता : माेतिमाया

यसै देशको सरहदभित्रबाटगुमनाम छ उसको छोरो,र छोराको खोजीमा निस्केकी छ मोतिमाया । सत्तरी हिउँद काटिसकेको जीर्ण जिऊ र विदीर्ण मन लिएरयतिबेला यो देशको नक्सा पल्टाइरहेकी छनक्सामा कोरिएका नदीका किरमिर धर्साहरू जस्तै छन्उसको मुहारका मुजायिनै मुजाहरूमा अविरल बगिरहेछन् आँसुका नदीहरूनदीहमा परेका अनिश्चयका भूमरीहरूमाडुबुल्किंदै, तैरिंदै खोजिरहिछ ऊ आफ्नो छोरोयसै देशको सरहदभित्रबाट गुमनाम छ उसको छोरो,र छोराको खोजीमा छ मोतिमाया । सत्तरी हिउँदसम्म यो देशका कठिनाइहरू सँग जुध्दायो देशले दिएको उपहारवेपत्ता परिवारको प्रमाणपत्रआफ्नै… पुरा पढौ

कविता : छेपारो र मेरो कथा

रङ, रङ मिलेका हुन्छन् इन्द्रेणीमा रङकै संयोजनले बन्छ सुन्दर संसार दिनहुँ रङ फेर्ने राजनीतिज्ञको देशमा अहिले मलाई समान लाग्छ छेपारो र मेरो रंगीन सपना कहिल्यै नसुनेको, कतै नजन्मेको देख्नै नसकिने भाइरसको त्रासमा कुजिएको मेरो दैनिकी छेपारोकै जस्तो छ बिहानै उठ्ने, खाने, घाम ताप्ने पुन सुत्ने दिक्क लाग्दो उपक्रम योजना त छन् मेरा पनि सपना अटाइनअटाइ छन् आँखाभरि समय र परिस्थितिले पालैपालो सहिद बनाइदिएका छन् मेरा सपना बनेका छन् इच्छा छेपारोका… पुरा पढौ

कविता : सम्बन्धको इसिजी !

म थिएँहामी भयौँहाम्राहरू भएआँखाहरूमारहरहरू थिएछन् र रहनेछन्ह्रदयमासपनाहरू थिएछन् र रहनेछन्सम्बोधित छु मतिनै रहरहरूलेआल्हादित छु मतिनै सपनाहरूसँगमबाट हामी रहरहामीबाट हाम्रा सपनाप्रिय छ हरदम्तिमीजस्तै । आजकै दिन त होरहरहरूलेस्वरूप ग्रहण गरेकोमबाटहामी बनेको बिहानै छोरीलेअनलाइनमा भनी :ल आज दिनभरकत्ति कचकच नगरी बस्नू तकस्तो हुने रैछ । साँच्चै ,अलिअलि कचकच नि न नगरेकसरी जीवन्त हुन्छ सम्बन्ध ?सम्बन्धको इसिजिमाजति धेरै उतारचढावउति धेरै सुमधूरअनि,जति गज्याङमज्याङउति राम्रो हुन्छ हैन र ? पुरा पढौ

Poem: The Nasty Corona

This nasty corona, this deadly flu came out of the blue and it is very new. Thousands are already dead, millions are sick in bed, many running out of bread, and others waiting to be fed. The brave are still fighting with the best weapon and tool, using their expertise in full, applying every single rule. Yet, this devil refuses to yield in each and every battlefield. With its unbreakable… पुरा पढौ

लघुकथा: तल बितल

धेरैतिर हार गुहार गरेर घरपाईको विद्यालयमा सरुवा भएको रमेश बढी नै व्यस्त थियो । बुढा बाबुआमा । ६ र ८ वर्षका स्कुले छोराछोरी । गोठमा एउटा दुहुनो भैँसी । खेतीका लागि थोरै जमिन । रोगीरोगी श्रीमती । गाउँको पढेको मानिस हुँदा थरीथरीका सामाजिक दायित्व । त्यसमाथि सरुवा मिलाइदिनेहरुप्रति पटक पटक पु-याउनु पर्ने कोसेली र जी हजुरी । अनि बेलाबेलामा आइलाग्ने अतिरिक्त आकस्मिक बोझहरु । यी सबै थेगेर धुरी खामो जस्तै… पुरा पढौ

सर्वहारा कविलाई पत्र : हामीले पाउने भनेकै दुःख हो !

प्रिय इन्द्र दाइ नमस्ते, अहिलेसम्म त आराम हुनुहुँदो रहेछ । फोन वार्ताबाट थाहा भयो । बिहान फोनमा अर्थोकै कुरा धेरै भयो । भाउजूलाई सोध्नै बिर्सेछु । भाउजुलाई पनि मेरो नमस्कार सुनाइदिनु होला । दाइ, लकडाउन भएको पनि आज तीस दिन कटिसक्यो ।अझै कति लम्बिने हो थाहा छैन । आजभन्दा करिब सत्र दिन अगि सरकारी राहत पाएँ, अबचाहिँ गाह्रो नपर्ला भन्नुभएको थियो । बिहान हजुरको मिसकल देखेपछि दाइलाई पक्कै अप्ठेरो भयो… पुरा पढौ

गजल

ऐजन ऐजन गीत गाऊ हुन्छ लोकतन्त्रमाजाहाँ मन छ उतै जाऊ हुन्छ लोकतन्त्रमा बहत्तरको भुकम्पमा त्रिपाल बाँडेकै छ हुन्छ आफ्नै छाना छाऊ हुन्छ लोकतन्त्रमा जनतालाई लौरो बनाई पारि तरेपछि जति सक्छौ भक्कु खाऊ हुन्छ लोकतन्त्रमा बेपत्ता अनि द्वन्द्व पीडित जतासुकै जाउन् खाटा नबसेमा के हुन्छ घाउ लोकतन्त्रमा भोटकै दिन गरीब किन्न अझै दुई वर्ष छ बढी भन्दा बढी कमाऊ हुन्छ लोकतन्त्रमा पुरा पढौ

आमाले भन्नुभो : मुख हेर्न नआऊ, अहिले देशलाई तिमीहरुको खाँचो छ !

हेल्लो आमा, सञ्चै हुनुहुन्छ ? मैले बिहानै भालेको डाँकोसंगै बूढी भएकी मेरो आमालार्इ फोन गरें । म भेट्न जान नपाए पनि मलार्इ आज आमाको मुख हेर्ने दिन हो भन्ने राम्रैसँग याद थियो । आमाले छोरा पाउने आसमा ४ छोरी छोरी पाउनु भयो । सबैको हेला सहेर पनि आमाले अनेक दुखसुख गरेर हामी चार छोरीहरुलाई पढाउनु भयो । आमाको पालामा छोरा र छोरीमा निकै विभेद थियो । छोरी जन्माएकै कारण आमाले… पुरा पढौ

लघुकथा : देवता

‘सिस्टर ! म यहाँ आएको कति दिन भयो ?’ भावुक स्वरमा अञ्जनाले सोधिन् । ‘पन्द्र दिन, सात दिन त आइसीयूमै बस्नुभयो ।’ शिरदेखि पाउसम्म सुरक्षा कवच लगाएकी नर्सले भनिन् । ‘पन्द्र दिन !’ सासै सासमा अञ्जनाले भनिन् । यसो भन्दै गर्दा उनका आँखा रसाए र दुई थोपा आँसु तकियामा खसे । बिस्तारै उनको मनमा बाँच्ने आशा पलाउँदै गइरहेको थियो । त्यसैले ती आँसु दुःखका थिए की खुसीका एकिन गर्न सकिनन्… पुरा पढौ

२ मुक्तक

एउटा फूल, अर्को धागो, माला जस्तै हुने एउटा नभए अर्काको ज्यान जाला जस्तै हुने लुटन पाए यतिसम्म मिलेको नौटंकी गर्दा रहेछ्न लुटन नपाए फेरि उही कुकुर, बिराला जस्तै हुने । आउन त आउ तर केही धन लिएर आउ तर्केलान तर्किदा सहने मन लिएर आउ बाचुन्जेल रेमिटान्स् तिरेर नपुग्ने रहेछ यार तिर्नुपर्छ मर्ने बेलामा पनि कमिसन लिएर आउ पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं