साहित्य

बाल कविता : झारपात

प्रकृतिले दिएको छ थरिथरी जातओखती नै हुन्छ साथी वनका झारपात रुघा लाग्दा तुल्सी पात पकाएर खानुपेट दुख्दा निरमसी खानुपर्छ जान्नु जिम्बु खाने दाल झानी सिस्नो खाने झोलकुरिलो र चिराइतो नि अति अनमोल भुइँचम्पाले भाँचिएको हड्डी पनि जोर्छसिप्लीघानको बोक्रा खाए पत्थर पनि फोर्छ जन्डिस निको पार्छ च्वाट्टै भुइँअमलालेराम्रै हुन्छ जडिबुटी प्रयोग गर्न थाले रिठ्ठा,टिमुर जटामसी,पाँचऔँले जातिबादुलपाते,रुधिलो नि औषधी हुन् साथी बाबरी र घ्युकुमारी हुन्छन् हाम्रै घरमापहिलेपहिले रोग निको पार्थे यसकै भरमा… पुरा पढौ

कविताः महामारी कविता

महामारीमा तमहामारीले नै लेखिरहेको हुन्छ कविता कयौँ हुल मजदुर कविताहरुझिटीगुन्टा बोकेरपैदलैै पैदलआफ्नो देश फर्किए अर्का थरि भोका कविताओछ्यान बनाएर सुते सडकलाईआमा कविताको खुट्टालाई सिरानी बनाएरभुइँमै सुते बालक कविताहरू महामारीमा पनिशासकको सयनकक्षमाचलिरहन्छ मादक काव्य महामारीमा तमहामारीले नै लेखिरहेको हुन्छ कविता महामारीमा तअदना शरीरमाथिमृत्युले लेखिरहेको हुन्छ कविता हो, त्यतिबेला तेजिलो भित्तामा होइनविक्षुब्ध आँखामा लेखिएको हुन्छ कविता । पुरा पढौ

कविता : हेल्लो सरकार !

हेल्लो सरकार ! यौटा कुरो सुनाऊँरु यी मजदुरहरूले तिम्रो लकडाउन् मानेकै छैनन्। महलका मालिकहरूले त माने। ऊनीहरू पनि सरकार नै हुन् सरकारको कुरा सरकारले मान्नै पर्छ। शेठ, साहु, महाजनले पनि माने सरकार नभए त ऊनीहरू मर्छन् । सहरको मल्टिप्लेक्स भवन होस वा, सुदूर गाउँको भिल्ला ऊनीहरूले त ढोका पनि खोलेका छैनन्। शिक्षक, वकिल, पत्रकार, कवि किसान, व्यापारी, सहरका सस्याना घरका घरबेटी, डेरावाल। पुलिसको लठ्ठीको लामो अनुभव छ ऊनीहरूसङ्ग। डरले मानेको… पुरा पढौ

कविता : बाटो, बटुवा र सत्ता

प्रिय बाटो तिम्रै बाटो हुँदै हिँडेका छन् केही कामदारहरू सत्ताले सत्तामा पुर्याइदिने नागरिकको आवश्यकता चिन्न नसकेझैं तिमीले पनि नचिनेझैं नगर्नू पहारा फोरेर तिमीलाई चट्टानबाट बाटो बनाउने पनि पनि यिनै मजदूरहरू हुन् यतिखेर तिनीहरूले फेर्ने शासलाई भोक लागेको छ यतिखेर तिनीहरूका पाइतालामा घिस्रिरहेका चप्पलहरूलाई चोट लागेको छ प्रिय बाटो तिम्रै बाटो हुँदै हिँडेका छन् केही बटुवाहरू यस पटक तिमी बाटो जस्तै निर्जिव नभइदिनू । प्रिय बाटो, तिमीमाथि घिस्रिरहँदा तिनीहरूको कानमा भरिदिनू… पुरा पढौ

सबै मेरा साथी (बालकविता)

बाआमाको प्यारो छोराहजुरबाको नातिभाइबैनीको दाजु हुँ मसाथीको हुँ साथीदाजुदिदी  भन्नुहुन्छमेरो भाइ जातीगुरुको म विद्यार्थी हुँ,विद्यार्थी नै साथी आफ्नो काम अाफै गर्नखट्ने दिनरातिगोठाला र खेताला हुन्मेरा सङ्गीसाथी मान्छे सानो भई के भोठूलो छ यो छातीमेरा लागि गरिब अनिधनी पनि साथी हिमाल, पहाड, तराईलाईचढाई फूलपातीनेपालकै पूजा गर्छु,नेपाली हुन् साथी        पुरा पढौ

कविता : कान्छीको बयान

आधी रातै थियो खसमले हतार हतार उठायो भन्यो उठिहाल्, जाऔं मरे आफ्नै गाँऊमा मरौंला बच्चाका केही पुराना टालाटुली पोको पारेर छिन्न लागेको चप्पल भिरेर काखको बच्चा च्यापेर हिंडेकी हुँ घर पूर्व ओखलढुंगा हो भन्छन् दश दिनमा त पुगिन्छ रे खै, थाहा छैन कहाँ आइपुगिएको छ यतिखेर बजार पसल सुनसान छ घरका दैलोहरु बन्द छन् कालो चश्मा र मास्क लगाएका पुलिसहरु बेला बेलामा भेटिन्छन् भ्यान रोक्छन् र गाली गर्छन् लक डाउन… पुरा पढौ

के सुधार्ला मान्छेले आफूलाई ? (कविता)

लमतन्न सुतेका सडक अग्ला–अग्ला महल सुनसान सहर साँच्चै सुन्दर देखिएको छ । गाउँलाई चहलपहल सुहाएजस्तै सहरलाई सुनसान सुहाए झै लाग्ने अचम्म, यहाँ सब पूर्ववत् चलिरहेछ मात्रै मान्छे पूर्ववत् चल्न नपाएको हो । हावाको प्रवाह,नदीको वेग उस्तै छ चराको चिर्विर प्रकृति शान्त छ,सफा छ यसलाई कुरुप बनाउने मान्छे यति बेला त्रस्त छ आफ्नै कुकर्मको फल भोगिरहेछ र त मुख देखाएर हिड्न सकेको छैन गुप्तवास छ ऊ । यो मान्छेले हारेको प्रकृतिले… पुरा पढौ

कविता : म टुलुटुलु हेरिरहेछु

तिनै मजदुर/श्रमिक जसले मेरो घर बनाए मन्दिर, मस्जिद, चर्च बनाए मुर्ति बनाए, पार्क बनाए स्कुल, हस्पिटल, अफिस, दरबार बनाए रंग्याए अनि सुन्दर बनाए कपडा, जुत्ता सिलाए रिक्सा, गाडी, टेम्पो चलाए फलफूल र तरकारी मेरो घर पुर्याए चटपट, पानीपुरी, मिठाइ बनाए मेरो जीवन सुन्दर अनि समृद्ध बनाउन उनीहरुको धेरथोर योगदान छ । आज घाम, पानी नभनी भोकैभोकै सडकै सडक असिनापसिना भई कुम्लो बोकेर हिडिरहदा म टुलुटुलु हेरिरहेकी छु सोचिरहेछु मेरो सुन्दर… पुरा पढौ

कविता : अँध्यारा घामहरू

तप्प तप्प चुहिएको छघामको पसिनाडुङडुङ्ती गन्हाएको छआफ्नै शरीर एक तमास यात्रारत छन्भरोसाका खुट्टाहरूआफ्नै तापले ओइलाएरलत्रक्क परेको जिउ माटो टेकेर गाउँको गोरेटाहरूमाउत्ताउलिएर दौडिएजस्तोकहाँ हो र यो महासमरको यात्रापाइतालाहरू तात्तिएरपग्लिएका छन् मैनझैँतप्पतप्प चुहिँदैछ रगतएक दिन त गन्तव्यमा कसो नपुगिएलाकसो नभेटिएला घरको न्यानोपनआफ्ना ममताका छहारीहरूप्रिय मन, मुटु र धड्कनहरू फगत यही विश्वासै विश्वासमाभोक विरुद्ध युद्धरत अँध्यारा घामहरूअलिकति आशाहरू बोकेर जेब्रा झोलामाराजधानी छोडेरत्रिसुली तरिरहे , तरिरहे नारायणी उनीहरूसँगसँगै ताँती लागेर फर्किरहेछन्दु:खैदु:खका पहाडहरूसुस्केराका भन्ज्याङहरूविस्मातका ओरालीउकालीहरूरित्तारित्ता… पुरा पढौ

कविता : सीमाबाहिरको नागरिक

छु सीमा बाहिर देशी पुलिस र सेना छन् सीमाभित्र जाने कोशिश हो त्यहाँ नेपाली पुलिस र सेना छन् खल्तीमा यौटा नागरिकता छ जसमा ‘नेपाली’ लेखिएको छ खै कुन हो त मेरो देश ? सीमा बाहिर जहाँबाट निस्कन खोजिरहेको छु त्यो नेपाल होईन संसार त्रस्त छ कोरोना भाइरसको संत्रास व्यापक छ सीमाभित्र जहाँ म पस्न खोजिरहेको छु मेरो प्रवेश ‘लक डाउन’ले रोकिएको छ के त्यही होइन र मेरो देश ? फेरी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं