रछ्यानको पानीलाई कुलेसो बनाएर पानीघट्ट खेल्दै गर्दा कति भाइरससँग खेलियो– पत्तै भएन । भैंसीगोठालो जाँदा भैसीसँगै आहलमा डुब्दैगर्दा कति ब्याक्टेरिया निलियो– थाहै भएन । मलको डोकामा मलसँगै आमाले बोक्दैगर्दा यो शरीरमा कति प्रकारका ब्याक्टेरिया छिरे कुनै लेखाजोखा छैन । बा–आमाले रोपाइँ गर्दैगर्दा मेरा पनि मजत्रै साना खेतहरु थिए हिलोमा धान रोप्दै गर्दा कति जीवाणुसँग खेलियो– यादै रहेन । घाँस काट्दा काटिएको आलो घाउमा पिसाब फेरेर माटो दल्दैगर्दा कति कीटाणु सरे–…
पुरा पढौ
उसले बाबुले भनेको सम्झियो : छोरा १ मान्छेहरू त यसै पनि मर्छन् उसै पनि मर्छन्, तर जुन दिन ‘होप’ सकियो, त्यसैदिन मान्छे मरिसक्छ । स्वास फेर्दै गर्ला, त्यो अर्कै कुरा हो । यो जीवनको सूत्र हो बाबु ।’ उसले जवाफ दिएको थियो , ‘होप’ पाल्नका लागि त पैसा चाहियो नि । बिनापैसाको होप पाल्नुको के अर्थ हुन्छ र ? उसका बाबुले भनेका थिए : पैसाको कुरो प्रमुख होइन, प्रमुख कुरा…
पुरा पढौ
प्रकृतिले दिएको छ थरिथरी जातओखती नै हुन्छ साथी वनका झारपात रुघा लाग्दा तुल्सी पात पकाएर खानुपेट दुख्दा निरमसी खानुपर्छ जान्नु जिम्बु खाने दाल झानी सिस्नो खाने झोलकुरिलो र चिराइतो नि अति अनमोल भुइँचम्पाले भाँचिएको हड्डी पनि जोर्छसिप्लीघानको बोक्रा खाए पत्थर पनि फोर्छ जन्डिस निको पार्छ च्वाट्टै भुइँअमलालेराम्रै हुन्छ जडिबुटी प्रयोग गर्न थाले रिठ्ठा,टिमुर जटामसी,पाँचऔँले जातिबादुलपाते,रुधिलो नि औषधी हुन् साथी बाबरी र घ्युकुमारी हुन्छन् हाम्रै घरमापहिलेपहिले रोग निको पार्थे यसकै भरमा…
पुरा पढौ
महामारीमा तमहामारीले नै लेखिरहेको हुन्छ कविता कयौँ हुल मजदुर कविताहरुझिटीगुन्टा बोकेरपैदलैै पैदलआफ्नो देश फर्किए अर्का थरि भोका कविताओछ्यान बनाएर सुते सडकलाईआमा कविताको खुट्टालाई सिरानी बनाएरभुइँमै सुते बालक कविताहरू महामारीमा पनिशासकको सयनकक्षमाचलिरहन्छ मादक काव्य महामारीमा तमहामारीले नै लेखिरहेको हुन्छ कविता महामारीमा तअदना शरीरमाथिमृत्युले लेखिरहेको हुन्छ कविता हो, त्यतिबेला तेजिलो भित्तामा होइनविक्षुब्ध आँखामा लेखिएको हुन्छ कविता ।
पुरा पढौ
हेल्लो सरकार ! यौटा कुरो सुनाऊँरु यी मजदुरहरूले तिम्रो लकडाउन् मानेकै छैनन्। महलका मालिकहरूले त माने। ऊनीहरू पनि सरकार नै हुन् सरकारको कुरा सरकारले मान्नै पर्छ। शेठ, साहु, महाजनले पनि माने सरकार नभए त ऊनीहरू मर्छन् । सहरको मल्टिप्लेक्स भवन होस वा, सुदूर गाउँको भिल्ला ऊनीहरूले त ढोका पनि खोलेका छैनन्। शिक्षक, वकिल, पत्रकार, कवि किसान, व्यापारी, सहरका सस्याना घरका घरबेटी, डेरावाल। पुलिसको लठ्ठीको लामो अनुभव छ ऊनीहरूसङ्ग। डरले मानेको…
पुरा पढौ
प्रिय बाटो तिम्रै बाटो हुँदै हिँडेका छन् केही कामदारहरू सत्ताले सत्तामा पुर्याइदिने नागरिकको आवश्यकता चिन्न नसकेझैं तिमीले पनि नचिनेझैं नगर्नू पहारा फोरेर तिमीलाई चट्टानबाट बाटो बनाउने पनि पनि यिनै मजदूरहरू हुन् यतिखेर तिनीहरूले फेर्ने शासलाई भोक लागेको छ यतिखेर तिनीहरूका पाइतालामा घिस्रिरहेका चप्पलहरूलाई चोट लागेको छ प्रिय बाटो तिम्रै बाटो हुँदै हिँडेका छन् केही बटुवाहरू यस पटक तिमी बाटो जस्तै निर्जिव नभइदिनू । प्रिय बाटो, तिमीमाथि घिस्रिरहँदा तिनीहरूको कानमा भरिदिनू…
पुरा पढौ
बाआमाको प्यारो छोराहजुरबाको नातिभाइबैनीको दाजु हुँ मसाथीको हुँ साथीदाजुदिदी भन्नुहुन्छमेरो भाइ जातीगुरुको म विद्यार्थी हुँ,विद्यार्थी नै साथी आफ्नो काम अाफै गर्नखट्ने दिनरातिगोठाला र खेताला हुन्मेरा सङ्गीसाथी मान्छे सानो भई के भोठूलो छ यो छातीमेरा लागि गरिब अनिधनी पनि साथी हिमाल, पहाड, तराईलाईचढाई फूलपातीनेपालकै पूजा गर्छु,नेपाली हुन् साथी
पुरा पढौ
आधी रातै थियो खसमले हतार हतार उठायो भन्यो उठिहाल्, जाऔं मरे आफ्नै गाँऊमा मरौंला बच्चाका केही पुराना टालाटुली पोको पारेर छिन्न लागेको चप्पल भिरेर काखको बच्चा च्यापेर हिंडेकी हुँ घर पूर्व ओखलढुंगा हो भन्छन् दश दिनमा त पुगिन्छ रे खै, थाहा छैन कहाँ आइपुगिएको छ यतिखेर बजार पसल सुनसान छ घरका दैलोहरु बन्द छन् कालो चश्मा र मास्क लगाएका पुलिसहरु बेला बेलामा भेटिन्छन् भ्यान रोक्छन् र गाली गर्छन् लक डाउन…
पुरा पढौ
लमतन्न सुतेका सडक अग्ला–अग्ला महल सुनसान सहर साँच्चै सुन्दर देखिएको छ । गाउँलाई चहलपहल सुहाएजस्तै सहरलाई सुनसान सुहाए झै लाग्ने अचम्म, यहाँ सब पूर्ववत् चलिरहेछ मात्रै मान्छे पूर्ववत् चल्न नपाएको हो । हावाको प्रवाह,नदीको वेग उस्तै छ चराको चिर्विर प्रकृति शान्त छ,सफा छ यसलाई कुरुप बनाउने मान्छे यति बेला त्रस्त छ आफ्नै कुकर्मको फल भोगिरहेछ र त मुख देखाएर हिड्न सकेको छैन गुप्तवास छ ऊ । यो मान्छेले हारेको प्रकृतिले…
पुरा पढौ
तिनै मजदुर/श्रमिक जसले मेरो घर बनाए मन्दिर, मस्जिद, चर्च बनाए मुर्ति बनाए, पार्क बनाए स्कुल, हस्पिटल, अफिस, दरबार बनाए रंग्याए अनि सुन्दर बनाए कपडा, जुत्ता सिलाए रिक्सा, गाडी, टेम्पो चलाए फलफूल र तरकारी मेरो घर पुर्याए चटपट, पानीपुरी, मिठाइ बनाए मेरो जीवन सुन्दर अनि समृद्ध बनाउन उनीहरुको धेरथोर योगदान छ । आज घाम, पानी नभनी भोकैभोकै सडकै सडक असिनापसिना भई कुम्लो बोकेर हिडिरहदा म टुलुटुलु हेरिरहेकी छु सोचिरहेछु मेरो सुन्दर…
पुरा पढौ