सबै मेरा साथी (बालकविता)

बाआमाको प्यारो छोरा
हजुरबाको नाति
भाइबैनीको दाजु हुँ म
साथीको हुँ साथी

दाजुदिदी  भन्नुहुन्छ
मेरो भाइ जाती
गुरुको म विद्यार्थी हुँ,
विद्यार्थी नै साथी

आफ्नो काम अाफै गर्न
खट्ने दिनराति
गोठाला र खेताला हुन्
मेरा सङ्गीसाथी

मान्छे सानो भई के भो
ठूलो छ यो छाती
मेरा लागि गरिब अनि
धनी पनि साथी

हिमाल, पहाड, तराईलाई
चढाई फूलपाती
नेपालकै पूजा गर्छु,
नेपाली हुन् साथी
       

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।