अहिले पूरै देशमा लकडाउन छ
गाउँको के कुरा, सुनसान टाउन छ
चैत, वैशाख बित्यो धान, मकै नछरेरै
फेरि बर्षादी याम असार, साउन छ
बजार ठप्प काम अनि ज्याला ठप्प छ
अन्न छैन घरमा, जहान के खाउन् छ
भ्रस्टाचार, कमिसन राहतमा पनि देखियो
पिपिई भन्छन् तर सामान्य गाउन छ
हप्ता दिन भयो म राहतको लाइनमा
बिरालो बाँधी सरकार श्राद्धको बाहुन छ




