साहित्य

तीन मुक्तक

पूर्वबाट सूर्य उदाएको पनि झुटोजस्तो कोरना फैलियो वनमासाको बुटोजस्तो हतियार थुपारेर सन्सार जित्छु भन्नेहरु साच्चै देखियो रत्यौलीको लुठोजस्तो एकाएक कोरोना आयो मानव वस्तीमाआआफ्नै धन्दामा मान्छे थिए मस्तीमा प्राकृतिक विनास हतियार व्यापार बढेपछिचूपचाप समय आयो सन्सारको गस्तीमा अहिले देश महामारीसँग युद्ध लडिरहेको छ श्रम र उत्पादन बजार नपाएर सडिरहेको छ खाद्यान्नको अभाव, अनि औषधिको अभाव यस्तो बेला देश राजनीतिक रसेटामा डढिरहेछ पुरा पढौ

कविता : विश्वासको शिविर नै भत्किएपछि

एउटा पृथक संसारको निर्माण गर्न प्रेम र विश्वासको शिविरबाट हामीले हाम्रा यात्राका थालनी गरेका थियौं हामीले हाम्रा भोलिका सुन्दर सपना साँचेका थियौं जे सोचेर हामीले हाम्रा यात्राका थालनी गर्यौं जे सोचेर हामीले हाम्रा भोलिका सपना बुन्यौं गन्तव्यस्थल पुग्न अगावै हामीहरू दुर्घटनाग्रस्त भएका छौँ प्रेम र विश्वासका सुखद पलहरू अविश्वासका दुःखद पलहरुमा अनुदित भएका छन् हामीले हाम्रा यात्राका क्रममा थोरै चढ्यौँ उकालीहरू र, धेरै झर्यौँ ओरालीहरू न, तिमीले चाहेको बाटोमा मलाई… पुरा पढौ

लघुकथा : हत्कडी

सडक किनारामा जन्माएर फालेको बच्चा फेला पारेको दिनदेखि जन्मले बाबा आमा बन्ने अवसर नपाए पनि कर्मले बाबा आमा बन्ने अवसर पाएकोमा गुणराज दम्पती मख्ख थिए। आर्थिक रुपमा सम्पन्न उनिहरुले सन्तान जन्माउनका लागि स्वदेश तथा बिदेशका सस्तादेखि महङ्गा, नाम चलेकादेखि दाम चलेकासम्म कुनै अस्पताल बाँकी राखेनन् र पनि भगवानको अगाडि कसको के लाग्थ्यो रु उनीहरुको पनि केही लागेन । अन्तिम बिकल्पको रुपामा अस्पताल धाउन छोडेर तिर्थबर्त, धर्मकर्म र हेराउने चराउने तर्फ… पुरा पढौ

कविता : युवाका नाममा

नोबेल कोरोना मृत्युको अर्काे नाम बन्न खोज्दै छ । यस्तो सन्त्रासमा याङ्की सनकमान सिंहवादी महास्वाँठ डोनाल्ड ट्रम्पहरु खुलस्त देखियो, लन्ठु ट्रम्पहरुको गति पनि नवऔपनिवेशवादको झ्यानाकुटी प्रजातन्त्र र मानवअधिकारको स्वाङ महास्वाँठ ट्रम्पहरुलाई भन्नु केही छैन भन्नु छ, आफ्नै प्रिय मान्छेहरुलाई सपनाका चुचुरो टेकेकाहरुलाई चुचुरो चुम्ने सपना बुनिरहेकाहरुलाई होनहार नेपाली युवालाई विश्वमै हुँकार गरिरहेको प्रकोपसँग हामीहरुले धेरै कुरा सिक्नुपर्नेछ १८ घण्टा ती देशमा घोटिनुभन्दा रुम ब्वाय, हेल्पर र स्वीपर बन्नुभन्दा बरु, स्वदेशमै… पुरा पढौ

कविताः पहिलो विश्वलाई पत्र

रछ्यानको पानीलाई कुलेसो बनाएर पानीघट्ट खेल्दै गर्दा कति भाइरससँग खेलियो– पत्तै भएन । भैंसीगोठालो जाँदा भैसीसँगै आहलमा डुब्दैगर्दा कति ब्याक्टेरिया निलियो– थाहै भएन । मलको डोकामा मलसँगै आमाले बोक्दैगर्दा यो शरीरमा कति प्रकारका ब्याक्टेरिया छिरे कुनै लेखाजोखा छैन । बा–आमाले रोपाइँ गर्दैगर्दा मेरा पनि मजत्रै साना खेतहरु थिए हिलोमा धान रोप्दै गर्दा कति जीवाणुसँग खेलियो– यादै रहेन । घाँस काट्दा काटिएको आलो घाउमा पिसाब फेरेर माटो दल्दैगर्दा कति कीटाणु सरे–… पुरा पढौ

लघुकथा : सूत्र

उसले बाबुले भनेको सम्झियो : छोरा १ मान्छेहरू त यसै पनि मर्छन् उसै पनि मर्छन्, तर जुन दिन ‘होप’ सकियो, त्यसैदिन मान्छे मरिसक्छ । स्वास फेर्दै गर्ला, त्यो अर्कै कुरा हो । यो जीवनको सूत्र हो बाबु ।’ उसले जवाफ दिएको थियो , ‘होप’ पाल्नका लागि त पैसा चाहियो नि । बिनापैसाको होप पाल्नुको के अर्थ हुन्छ र ? उसका बाबुले भनेका थिए : पैसाको कुरो प्रमुख होइन, प्रमुख कुरा… पुरा पढौ

बाल कविता : झारपात

प्रकृतिले दिएको छ थरिथरी जातओखती नै हुन्छ साथी वनका झारपात रुघा लाग्दा तुल्सी पात पकाएर खानुपेट दुख्दा निरमसी खानुपर्छ जान्नु जिम्बु खाने दाल झानी सिस्नो खाने झोलकुरिलो र चिराइतो नि अति अनमोल भुइँचम्पाले भाँचिएको हड्डी पनि जोर्छसिप्लीघानको बोक्रा खाए पत्थर पनि फोर्छ जन्डिस निको पार्छ च्वाट्टै भुइँअमलालेराम्रै हुन्छ जडिबुटी प्रयोग गर्न थाले रिठ्ठा,टिमुर जटामसी,पाँचऔँले जातिबादुलपाते,रुधिलो नि औषधी हुन् साथी बाबरी र घ्युकुमारी हुन्छन् हाम्रै घरमापहिलेपहिले रोग निको पार्थे यसकै भरमा… पुरा पढौ

कविताः महामारी कविता

महामारीमा तमहामारीले नै लेखिरहेको हुन्छ कविता कयौँ हुल मजदुर कविताहरुझिटीगुन्टा बोकेरपैदलैै पैदलआफ्नो देश फर्किए अर्का थरि भोका कविताओछ्यान बनाएर सुते सडकलाईआमा कविताको खुट्टालाई सिरानी बनाएरभुइँमै सुते बालक कविताहरू महामारीमा पनिशासकको सयनकक्षमाचलिरहन्छ मादक काव्य महामारीमा तमहामारीले नै लेखिरहेको हुन्छ कविता महामारीमा तअदना शरीरमाथिमृत्युले लेखिरहेको हुन्छ कविता हो, त्यतिबेला तेजिलो भित्तामा होइनविक्षुब्ध आँखामा लेखिएको हुन्छ कविता । पुरा पढौ

कविता : हेल्लो सरकार !

हेल्लो सरकार ! यौटा कुरो सुनाऊँरु यी मजदुरहरूले तिम्रो लकडाउन् मानेकै छैनन्। महलका मालिकहरूले त माने। ऊनीहरू पनि सरकार नै हुन् सरकारको कुरा सरकारले मान्नै पर्छ। शेठ, साहु, महाजनले पनि माने सरकार नभए त ऊनीहरू मर्छन् । सहरको मल्टिप्लेक्स भवन होस वा, सुदूर गाउँको भिल्ला ऊनीहरूले त ढोका पनि खोलेका छैनन्। शिक्षक, वकिल, पत्रकार, कवि किसान, व्यापारी, सहरका सस्याना घरका घरबेटी, डेरावाल। पुलिसको लठ्ठीको लामो अनुभव छ ऊनीहरूसङ्ग। डरले मानेको… पुरा पढौ

कविता : बाटो, बटुवा र सत्ता

प्रिय बाटो तिम्रै बाटो हुँदै हिँडेका छन् केही कामदारहरू सत्ताले सत्तामा पुर्याइदिने नागरिकको आवश्यकता चिन्न नसकेझैं तिमीले पनि नचिनेझैं नगर्नू पहारा फोरेर तिमीलाई चट्टानबाट बाटो बनाउने पनि पनि यिनै मजदूरहरू हुन् यतिखेर तिनीहरूले फेर्ने शासलाई भोक लागेको छ यतिखेर तिनीहरूका पाइतालामा घिस्रिरहेका चप्पलहरूलाई चोट लागेको छ प्रिय बाटो तिम्रै बाटो हुँदै हिँडेका छन् केही बटुवाहरू यस पटक तिमी बाटो जस्तै निर्जिव नभइदिनू । प्रिय बाटो, तिमीमाथि घिस्रिरहँदा तिनीहरूको कानमा भरिदिनू… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं