साहित्य

तीन मुक्तक

खै कस्तो पीर हुनि हो बाबुलाई छोरी जन्मिएदेखि केही त जानकारी हुन्थ्यो हामीलाई पनि भन्दिएदेखि अचेल तिमी त ढुक्कले निदाएकै हौली नि है आमा अहँ, म निदाउन सकेकै छैन डोडीमा अन्मिएदेखि एकबारको जुनि होला अझै कति रुनि होला सपना नि राम्रो छैन कता के के हुनि होला । सम्बन्ध टुटे क्यार्नी होला आफ्नैले लुटे क्यार्नी होला पार्टी फुटे अर्को खोल्लान् जोडेको मनै फुटे क्यार्नी होला ? पुरा पढौ

कविता : सरकार !

सरकार तिम्रो अध्ययन कहिले सकिन्छ ? कहिले निस्कन्छ निस्कर्ष ? लाग्छ तिम्रो अध्ययन नसकिँदै हामी भोकले सकिन्छौँ । सरकार न सर्वोच्चको आदेश मान्छ न नागरिक जोगाउन कुनै पहल गर्छ कमिसनको चक्करमा फसेको यसले हामी भूइँमान्छेलाई माञ आँखा तर्छ चुनावको बेला यसो नजिक सर्छ । यो देशमा सरकार रहेको अनुभूति हामी गरिब जनताले कहिले गर्न पाउने ? हाम्रै पौरखले सिंगारिएको सिंहदरबार र बालुवाटारले हाम्रो मर्म किन बुझ्दैन ? भोक भोकै सडक… पुरा पढौ

कविता : अब आधुनिक युद्धहरु छाड्नुहोस्

अब अन्तरंग छाड्नुहोस् शक्तिले पृथ्वीलाई पर घुमाउँदैछ यो रोगले सुन्दर संसारको समाप्ति गर्नेछ सिर्जनाकर्ताले फेरि संसारमा नयाँ डिस्नी पठाउनेछन् सुन्दर सुन्दर पानीका बुँहरुमाथि हावाका कणहरुमाथि देखाउनेछन् प्यालेस र सुनसान सडकहरु देखाउनेछन् जीवन धान्न मरूभूमिमा हिड्दै गरेकाहरु त्यहाँ हिरा र जवहरात हुने छैन र पलंगमा महिला सुन्दर महिला हुने छैन मन्दिरमा सुनको छाना हुने छैनन् मस्जित र चर्चहरुमा भगवान बस्ने छैनन् यो पृथिवी चराचर बेनामी देखिनेछ युनाइटेड स्टेटहरु हुने छैनन् टोकियो… पुरा पढौ

छन्ददिवस मा नेपाली छन्द कवि सँग

१. कविता छन्द मा लेखे पनि गद्य मा लेखे पनि हामी कविताप्रेमी हरु को मूल उद्देश्य समाज मा असल विचार फैलाउने, स्वच्छ मनोरञ्जन को माध्यम ले समाज को सेवा गर्ने र मीठा मीठा र गहकीला काव्य द्वारा मातृभाषा लाई समृद्ध तुल्याएर जन्मभूमि को गौरव बढाउने नै हो । २. तर कविता लेख्दा मजबूत शब्दभण्डार को खाँचो पर्छ, यदि शब्दभण्डार कमजोर छ भने कि कवितै नलेख्ने कि एता उति तानतुन गरेर… पुरा पढौ

तीन मुक्तक

पूर्वबाट सूर्य उदाएको पनि झुटोजस्तो कोरना फैलियो वनमासाको बुटोजस्तो हतियार थुपारेर सन्सार जित्छु भन्नेहरु साच्चै देखियो रत्यौलीको लुठोजस्तो एकाएक कोरोना आयो मानव वस्तीमाआआफ्नै धन्दामा मान्छे थिए मस्तीमा प्राकृतिक विनास हतियार व्यापार बढेपछिचूपचाप समय आयो सन्सारको गस्तीमा अहिले देश महामारीसँग युद्ध लडिरहेको छ श्रम र उत्पादन बजार नपाएर सडिरहेको छ खाद्यान्नको अभाव, अनि औषधिको अभाव यस्तो बेला देश राजनीतिक रसेटामा डढिरहेछ पुरा पढौ

कविता : विश्वासको शिविर नै भत्किएपछि

एउटा पृथक संसारको निर्माण गर्न प्रेम र विश्वासको शिविरबाट हामीले हाम्रा यात्राका थालनी गरेका थियौं हामीले हाम्रा भोलिका सुन्दर सपना साँचेका थियौं जे सोचेर हामीले हाम्रा यात्राका थालनी गर्यौं जे सोचेर हामीले हाम्रा भोलिका सपना बुन्यौं गन्तव्यस्थल पुग्न अगावै हामीहरू दुर्घटनाग्रस्त भएका छौँ प्रेम र विश्वासका सुखद पलहरू अविश्वासका दुःखद पलहरुमा अनुदित भएका छन् हामीले हाम्रा यात्राका क्रममा थोरै चढ्यौँ उकालीहरू र, धेरै झर्यौँ ओरालीहरू न, तिमीले चाहेको बाटोमा मलाई… पुरा पढौ

लघुकथा : हत्कडी

सडक किनारामा जन्माएर फालेको बच्चा फेला पारेको दिनदेखि जन्मले बाबा आमा बन्ने अवसर नपाए पनि कर्मले बाबा आमा बन्ने अवसर पाएकोमा गुणराज दम्पती मख्ख थिए। आर्थिक रुपमा सम्पन्न उनिहरुले सन्तान जन्माउनका लागि स्वदेश तथा बिदेशका सस्तादेखि महङ्गा, नाम चलेकादेखि दाम चलेकासम्म कुनै अस्पताल बाँकी राखेनन् र पनि भगवानको अगाडि कसको के लाग्थ्यो रु उनीहरुको पनि केही लागेन । अन्तिम बिकल्पको रुपामा अस्पताल धाउन छोडेर तिर्थबर्त, धर्मकर्म र हेराउने चराउने तर्फ… पुरा पढौ

कविता : युवाका नाममा

नोबेल कोरोना मृत्युको अर्काे नाम बन्न खोज्दै छ । यस्तो सन्त्रासमा याङ्की सनकमान सिंहवादी महास्वाँठ डोनाल्ड ट्रम्पहरु खुलस्त देखियो, लन्ठु ट्रम्पहरुको गति पनि नवऔपनिवेशवादको झ्यानाकुटी प्रजातन्त्र र मानवअधिकारको स्वाङ महास्वाँठ ट्रम्पहरुलाई भन्नु केही छैन भन्नु छ, आफ्नै प्रिय मान्छेहरुलाई सपनाका चुचुरो टेकेकाहरुलाई चुचुरो चुम्ने सपना बुनिरहेकाहरुलाई होनहार नेपाली युवालाई विश्वमै हुँकार गरिरहेको प्रकोपसँग हामीहरुले धेरै कुरा सिक्नुपर्नेछ १८ घण्टा ती देशमा घोटिनुभन्दा रुम ब्वाय, हेल्पर र स्वीपर बन्नुभन्दा बरु, स्वदेशमै… पुरा पढौ

कविताः पहिलो विश्वलाई पत्र

रछ्यानको पानीलाई कुलेसो बनाएर पानीघट्ट खेल्दै गर्दा कति भाइरससँग खेलियो– पत्तै भएन । भैंसीगोठालो जाँदा भैसीसँगै आहलमा डुब्दैगर्दा कति ब्याक्टेरिया निलियो– थाहै भएन । मलको डोकामा मलसँगै आमाले बोक्दैगर्दा यो शरीरमा कति प्रकारका ब्याक्टेरिया छिरे कुनै लेखाजोखा छैन । बा–आमाले रोपाइँ गर्दैगर्दा मेरा पनि मजत्रै साना खेतहरु थिए हिलोमा धान रोप्दै गर्दा कति जीवाणुसँग खेलियो– यादै रहेन । घाँस काट्दा काटिएको आलो घाउमा पिसाब फेरेर माटो दल्दैगर्दा कति कीटाणु सरे–… पुरा पढौ

लघुकथा : सूत्र

उसले बाबुले भनेको सम्झियो : छोरा १ मान्छेहरू त यसै पनि मर्छन् उसै पनि मर्छन्, तर जुन दिन ‘होप’ सकियो, त्यसैदिन मान्छे मरिसक्छ । स्वास फेर्दै गर्ला, त्यो अर्कै कुरा हो । यो जीवनको सूत्र हो बाबु ।’ उसले जवाफ दिएको थियो , ‘होप’ पाल्नका लागि त पैसा चाहियो नि । बिनापैसाको होप पाल्नुको के अर्थ हुन्छ र ? उसका बाबुले भनेका थिए : पैसाको कुरो प्रमुख होइन, प्रमुख कुरा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं