तप्प तप्प चुहिएको छघामको पसिनाडुङडुङ्ती गन्हाएको छआफ्नै शरीर एक तमास यात्रारत छन्भरोसाका खुट्टाहरूआफ्नै तापले ओइलाएरलत्रक्क परेको जिउ माटो टेकेर गाउँको गोरेटाहरूमाउत्ताउलिएर दौडिएजस्तोकहाँ हो र यो महासमरको यात्रापाइतालाहरू तात्तिएरपग्लिएका छन् मैनझैँतप्पतप्प चुहिँदैछ रगतएक दिन त गन्तव्यमा कसो नपुगिएलाकसो नभेटिएला घरको न्यानोपनआफ्ना ममताका छहारीहरूप्रिय मन, मुटु र धड्कनहरू फगत यही विश्वासै विश्वासमाभोक विरुद्ध युद्धरत अँध्यारा घामहरूअलिकति आशाहरू बोकेर जेब्रा झोलामाराजधानी छोडेरत्रिसुली तरिरहे , तरिरहे नारायणी उनीहरूसँगसँगै ताँती लागेर फर्किरहेछन्दु:खैदु:खका पहाडहरूसुस्केराका भन्ज्याङहरूविस्मातका ओरालीउकालीहरूरित्तारित्ता…
पुरा पढौ
छु सीमा बाहिर देशी पुलिस र सेना छन् सीमाभित्र जाने कोशिश हो त्यहाँ नेपाली पुलिस र सेना छन् खल्तीमा यौटा नागरिकता छ जसमा ‘नेपाली’ लेखिएको छ खै कुन हो त मेरो देश ? सीमा बाहिर जहाँबाट निस्कन खोजिरहेको छु त्यो नेपाल होईन संसार त्रस्त छ कोरोना भाइरसको संत्रास व्यापक छ सीमाभित्र जहाँ म पस्न खोजिरहेको छु मेरो प्रवेश ‘लक डाउन’ले रोकिएको छ के त्यही होइन र मेरो देश ? फेरी…
पुरा पढौ
अहिले पूरै देशमा लकडाउन छ गाउँको के कुरा, सुनसान टाउन छ चैत, वैशाख बित्यो धान, मकै नछरेरै फेरि बर्षादी याम असार, साउन छ बजार ठप्प काम अनि ज्याला ठप्प छ अन्न छैन घरमा, जहान के खाउन् छ भ्रस्टाचार, कमिसन राहतमा पनि देखियो पिपिई भन्छन् तर सामान्य गाउन छ हप्ता दिन भयो म राहतको लाइनमा बिरालो बाँधी सरकार श्राद्धको बाहुन छ
पुरा पढौ
कुनै यामदाइसँग बार्दलीमारोटीका ठुन्कासँगैचियाको रङ साटिरहँदाआमाजिन्दगीको रङको कुरा गरिरहेकी थिइन् चियाको चियर्समाहारेको त्यो गिलासप्याट्ट फुट्दाआगनबाट बाजिन्दगीको उज्यालोको कुरा गरिरहेका थिए बर्षौको रटानलेफोरिएको चटान सरीजिल्लास्तरीय जाँच पास गर्दाको समयजुठेल्नाबाट दिदीजिन्दगीको भाग्यको कुरा गरिरहेकी थिइन् नयाँ वर्षको दिनकालो बादल लिएरआकाश डुलिरहँदा,घर पछाडिको कर्साकर्सामा मनुवाहरूजिन्दगीको गोरेटो खोजिरहेका थिए निन्द्राबाट झल्यास्स ब्यँुझिएको महतारहतार ट्याक्कबत्तिको बटन थिच्छुअनि झुल्किन्छसिएफलले पनि विस्थापन गर्न नसकेकोमेरो कोठाको चिम याने कि बत्ति जसले मलाई,मुस्कानमा खुम्चिएको छालायाने किउज्यालोमा अँध्यारो खोज्न सिकाएको…
पुरा पढौ
रुन हुन्न यसरी नरो बहिनी नरो न हामी भोकै बसे पो भाग्छ छिटो कोरना । कति दिन भो आमाले छैन पैसा गनेको बाहिर जान हुँदैन सरकारले भनेको । अझै यस्तै भए त चुल्होमा आगो बल्छ र ? घरबेटीको मायाले कति दिन चल्छ र ? मामा घर कैलाली घर हाम्रो कालिकोट भन्छ टोले नेताले काम लाग्दैन हाम्रो भोट । बगाएर पसिना खान पनि पाइएन सत्य नारन पुजाको प्रसाद हाम्लाई चाहिएन।
पुरा पढौ
दिउँसै हुने नहुने धाेकेर, कहाँ हिडेकाे हाेला मान्छेका जमात बाेकेर, कहाँ हिडेकाे हाेला उता गाउँमा उसलाई, खाेजी रहेका छन्कुलेलाम ठाेकेर, कहाँ हिडेकाे हाेला हुन त उ लाहुर जान, घरबाट निस्केको होफेरी गाउँ जाने बस रोकेर, कहाँ हिडेकाे हाेला अरे बुढेसकालको मान्छे उ, आज हो कि भोलीगायत्री मन्त्र घाेकेर, कहाँ हिडेकाे हाेला सरकारले घरभित्रै बसुन भनी, लकडाउन गरेकाे होमोरो ख्वाक्क ख्वाक्क खोकेर, कहाँ हिडेकाे हाेला ?
पुरा पढौ
कोइलीले को हँ को हँ गर्यो वृक्षहरुमा मुजुरा पलाए रन वन सरोफेरो वरिपरि पुष्पित पुष्पबाट हरहरि मधुराग बहिरहेछ पवनभरि हो अब त यहाँ जादूगरी ऋतुराज बसन्त लागेछ । न गर्मी प्रचण्ड न त ठण्डी नै हरियाली धर्ती भरि चढ्दै छ मृदु सुसेली गायन नदीको सल्लेरीको स्वरलहरी मिठो चिरीबिरी चरीको गायन अझै छिरीबिरी पुतली को नृत्य मिली रसरागले अनुराग भरियो ल अब त वसन्त लागेछ । न त चिसो सिरेटो नै…
पुरा पढौ
हे देवी कोरोना नाम सर्वव्यापी महेश्वरी । पुकार्दछु तिमीलाई आऊ हे शक्ति रुपिणी ।। शक्तिको मात लागेर मान्छे आज बिरूप भो । तह लगाउने आज उसलाई यहाँ छ को रु ।। भ्रष्टाचारी यहाँ आज यता उता सबैतिर । फैलिएर बसेका छन् छैन बाँकी कतै तिर ।। बढारी देऊ सर्लक्क बाँकी कत्ति नराख है । नत्र यो धरती सारा बस्न लायक हुन्न है ।। बलत्कारी ब्यभिचारी दुराचारी हरु सबै । बढारी…
पुरा पढौ
पर्यटन वर्षमा छैनौँ कोही हर्समा कोरोनाको त्रास भो देखिँदैन खास यो न छ हातहतियार यो मृत्युको मतियार न देखिन्छ आँखाले सार्ने हैन माखाले मान्छे सबै एकतिर कोरोना अर्को तिर के गरेर गल्ला यो त्यसकै भारी पल्ला भो सम्पूर्ण क्षेत्र बन्द छ हावा मन्द मन्द छ लक डाउन देशमा पहाड तराई मदेशमा कोरोनाको कहर काम गर्ने रहर सुतेर बस्नु पर्या छ भोक निन्द्रा हर्या छ अस्त्र छैन हातमा दिन अनि रातमा…
पुरा पढौ
मर्स्याङ्दीमा बगाईदिउँ कि जाबो जिन्दगी यो जिउँदै आगो लगाईदिउँ कि जाबो जिन्दगी यो जीवनसंग लड्दै गएँ तर हार्दै गएँ हारको माला पहिरिएर आँसु झार्दै गएँ निराशाले थिच्यो उठ्नै सक्दिन झैँ गरी उडाएर छोडिदिउँ कि प्राणको यो चरी निष्पट्ट छ अध्यारो, म जता हेर्छु त्यतै खोजी हिँड्छु आफैंलाई देख्दिनँ म कतै अन्तिम पल्ट मृत्युको एक गीत आज गाउँ कि जिन्दगीको मध्याह्न मै अस्ताएर जाउँ कि ।
पुरा पढौ