गीत : मर्स्याङ्दीमा बगाईदिउँ कि जाबो जिन्दगी

मर्स्याङ्दीमा बगाईदिउँ कि जाबो जिन्दगी यो
जिउँदै आगो लगाईदिउँ कि जाबो जिन्दगी यो

जीवनसंग लड्दै गएँ तर हार्दै गएँ
हारको माला पहिरिएर आँसु झार्दै गएँ
निराशाले थिच्यो उठ्नै सक्दिन झैँ गरी
उडाएर छोडिदिउँ कि प्राणको यो चरी

निष्पट्ट छ अध्यारो, म जता हेर्छु त्यतै
खोजी हिँड्छु आफैंलाई देख्दिनँ म कतै
अन्तिम पल्ट मृत्युको एक गीत आज गाउँ कि
जिन्दगीको मध्याह्न मै अस्ताएर जाउँ कि ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।