१. मानव-क्षति, न जित न हार
गरिरहेछौँ नमिठो स्वीकार
के देख्नुपर्यो, के लेख्नुपर्यो-
लासको शिखर समयको उपहार !!
२. झलमल गर्ने घाम भन्छ: तिम्ले छाडे रुन्छु अब
दिव्य धर्ती धाम भन्छ: तिम्ले छाडे रुन्छु अब
कर्म गरी पुग्यो मान्छे जङ्गलदेखि मङ्गल –
सिर्जनाका काम भन्छ: तिम्ले छाडे रुन्छु अब ।
१२.३०. ०७६




