कविता : वसन्त लागेछ

कोइलीले को हँ को हँ गर्यो
वृक्षहरुमा मुजुरा पलाए
रन वन सरोफेरो वरिपरि
पुष्पित पुष्पबाट हरहरि
मधुराग बहिरहेछ पवनभरि
हो अब त यहाँ जादूगरी
ऋतुराज बसन्त लागेछ ।

न गर्मी प्रचण्ड न त ठण्डी नै
हरियाली धर्ती भरि चढ्दै छ
मृदु सुसेली गायन नदीको
सल्लेरीको स्वरलहरी मिठो
चिरीबिरी चरीको गायन अझै
छिरीबिरी पुतली को नृत्य मिली
रसरागले अनुराग भरियो
ल अब त वसन्त लागेछ ।

न त चिसो सिरेटो नै चल्छ
लेक बेँसी मधुर पवन डुल्छ
काफल पाक्यो बोलसिमल
बिऊ कुह्यो को धून सुनिन्छ
न त धूलो न छ हिलो खासै
स्वच्छ ,सफा धरा आकाश
ल अब त वसन्त आएछ ।

धरणी अङग अङ्ग रुपौला बनी
मुस्कुराए झैँ नव बधू बनी
मन्त्रमुग्धपारी रस छरियो
पिइ रहूँ लाग्ने रस माधूरी यो
गाउँ बस्ती मा खशीयाली छायो
दङगदास पारि खुशीयाली ल्यायो ।
यत्र तत्र सर्वत्र नै वसन्त आयो ।