मुक्तक मञ्च पोखराले हरेक महिनाको अन्तिम शनिवार संचालन गर्दै आएको नियमित मुक्तक वाचनको १ सय ४२ अौं शृङ्खला शनिबार भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिनका लागि मुलुक लकडाउनमा रहेको अवस्थामा पनि प्रविधिको प्रयोग गर्दै अनलाइनमार्फत मुक्तकवाचन गरिएको हो ।
मञ्चका उपाध्यक्ष भरतराज पौडेल अध्यक्षतामा म्यासेन्जर ग्रुपमार्फत भिडियो कलबाट कार्यक्रम गरिएको हो । कार्यक्रममा सरला लामिछाने ९सरु०, कृष्ण देवकोटा, अर्जुन दृष्टि पौडेल, राजेन्द्र विक, ज्वलन्त प्रेमी, देवी त्रिपाठी, संगित लामिछाने लगायतले रचनावाचन गरे ।
कमेन्ट र म्यासेजमा प्राप्त करिब डेढ दर्जन मुक्तककारका मुक्तक मुक्तक मञ्चका पदाधिकारीले वाचन गरेका थिए ।
फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रम मञ्चकी सचिव अनिता दाहालको सञ्चालन गरेकी थिइन भने प्राविधिक व्यवस्थापन मञ्चका कोषाध्यक्ष केआर ढकालले गरेका थिए ।




