कविता : एकान्त बास

पर्यटन वर्षमा
छैनौँ कोही हर्समा
कोरोनाको त्रास भो
देखिँदैन खास यो

न छ हातहतियार
यो मृत्युको मतियार
न देखिन्छ आँखाले
सार्ने हैन माखाले

मान्छे सबै एकतिर
कोरोना अर्को तिर
के गरेर गल्ला यो
त्यसकै भारी पल्ला भो

सम्पूर्ण क्षेत्र बन्द छ
हावा मन्द मन्द छ
लक डाउन देशमा
पहाड तराई मदेशमा

कोरोनाको कहर
काम गर्ने रहर
सुतेर बस्नु पर्या छ
भोक निन्द्रा हर्या छ

अस्त्र छैन हातमा
दिन अनि रातमा
अदृश्य गोलि ठोक्दछ
भय त्राश करोप्दछ

सयौं मान्छे मर्दैछ
त्रास झनै बढ्दै छ
छैन दवाइ बनेको
मान्नु मात्र भनेको

कोरोनाको ओखती
दुरी धेर होस् जति
टाढा टाढा बस्नुहोस्
रोगमा न फस्नुहोस्

तातो पानी खानुहोस्
भिडमा न जानुहोस्
परिवार बस्नुहोस्
दिल खोलेर हास्नुहोस्

अझ योग गर्नुहोस्
बीउ बिजन छर्नुहोस्
रोग लाग्ला ज्यानमा
सम्झिनुस् यो मनमा

अन्न छैन घरमा
कोरोनाको डरमा
यातायात बन्द छ
भित्रै बस भन्दछ

जे छ खाऊँ बाँडेर
नहिडुँ गाउँ भाँडेर
मानवको कर्म हो
यही हाम्रो धर्म हो

महिना धेरै भै सक्यो
सारा विश्व रोइसक्यो
हेर्दा हेर्दै आँखाले
छयहत्तर गै सक्यो

अहमता मौलार
मान्छे जात बौलार
बनेर भैँसी सुत यो
हुने भो भस्मभुत यो

यो त्रासादी बेलामा
क्वारेन्टाइन मेलामा
बलात्कार भो अरे
के सुन्नु पर्छ हे हरे१

भएमा खाऊँ पोषण
नगर्नु यौन शोषण
परोपकार धर्म हो
पर पीडिन अधर्म हो

अब नयाँ वर्षमा
बिताऊँ दिन हर्समा
हटाऊँ नीच भावना
यही शुभकामना

एकता नै शक्ति हो
यही रास्ट्र भक्ती हो
बाँचू भन्ने आसमा
छौं एकान्त बासमा ।