हे देवी कोरोना नाम
सर्वव्यापी महेश्वरी ।
पुकार्दछु तिमीलाई
आऊ हे शक्ति रुपिणी ।।
शक्तिको मात लागेर
मान्छे आज बिरूप भो ।
तह लगाउने आज
उसलाई यहाँ छ को रु ।।
भ्रष्टाचारी यहाँ आज
यता उता सबैतिर ।
फैलिएर बसेका छन्
छैन बाँकी कतै तिर ।।
बढारी देऊ सर्लक्क
बाँकी कत्ति नराख है ।
नत्र यो धरती सारा
बस्न लायक हुन्न है ।।
बलत्कारी ब्यभिचारी
दुराचारी हरु सबै ।
बढारी देऊ हे माता
नछुटुन् है कतै कुनै ।।
विकृतिहरु फैला ई
प्रकृति नास पारने ।
मान्छे नै हो यहाँ अर्को
को छ र खै बिगारने ।।
इमान्दार ,सदाचारी
प्रकृतिका उपासक ।
यहाँ बाँचिरहुन् फेरि
सिर्जनाका ती सेवक ।।
आऊ हे १ कोरोना देवी
तिमी बाहेक को छ र रु
गोड मेल गरी राम्रो
सृष्टि बनाऊ सुन्दर ।।
कोरोना बन्दीगृह , नयाँबजार
३ बैशाख २०७७




