२ मुक्तक

आफ्नो व्यवहारआफैलार्इ जहर भएको छ
कोरोनाले घरभित्र पनि कहर भएको छ
अरुमाथि हैकम जमाउन खोज्ने मान्छेलार्इ
चराझैं उन्मुक्त आकाशमा उड्ने रहर भएको छ ।

कोही सुनको झोलामा राहत थापेका छन्
मानव मूल्य आआफ्नै मिटरले नापेका छन्
कोरना त के हो र, भ्रष्टाचारको सक्रमण हेर !
यस्तो बेला पनि पूरै देशलार्इ च्याखे थापेका छन्