म टिनएजकी
मिस कोराना हुँ
मेरो मासिक चक्र बिग्रिएको छ
बिग्रिएको पिरियड बाेक्दै
कहिले एसिया ,कहिले युरोप,
कहिले अमेरिका ,कहिले अफ्रिका त
कहिने मद्यपूर्व घुमिरहेछु
म रजस्वला नहुँदै
सामुहिक जबर्जस्तीमा
कुमारीत्व गुमाएकी
हतभागी कोरोना हुँ
र त उही क्षतविक्षत
योनी बोकेर देशदेशावर गरिरहेछु
मन बिग्रेपछि जोडिन
र बोली फुत्केपछि मिसिन
कहाँ सजिलो छ र ?
सतीदेवीको जिउँदो लास बोकी
डगर डगरमा हिँडिरहेका आशुतोषझैँ
मेरो पनि छाती चिराचिरा भएको छ
म पनि तिमीहरूजस्तै
कुलीन परिवारकी
आशा र प्रेमको दियो बोकेकी
रमणी थिएँ कुनैबेला
सुन्दर संसार खोकिलामा बोकी हिँड्ने
सौन्दर्यवती थिएँ कुनैबेला
मेरो मासिक धर्ममा धावा बोलेर
बिगारिदियौ
मेरो मानसिक सन्तुलन
र त मेरो आत्मा भड्किरहेको छ मानव संसारभर
म टिनएजकी
मिस कोराना हुँ
मेरो मासिक चक्र बिग्रिएको छ
बिग्रिएको पिरियड बाेक्दै
कहिले एसिया ,कहिले युरोप,
कहिले अमेरिका ,कहिले अफ्रिका त
कहिने मद्यपूर्व घुमिरहेछु ।




