तीन मुक्तक

पूर्वबाट सूर्य उदाएको पनि झुटोजस्तो
कोरना फैलियो वनमासाको बुटोजस्तो
हतियार थुपारेर सन्सार जित्छु भन्नेहरु
साच्चै देखियो रत्यौलीको लुठोजस्तो

एकाएक कोरोना आयो मानव वस्तीमा
आआफ्नै धन्दामा मान्छे थिए मस्तीमा
प्राकृतिक विनास हतियार व्यापार बढेपछि
चूपचाप समय आयो सन्सारको गस्तीमा

अहिले देश महामारीसँग युद्ध लडिरहेको छ
श्रम र उत्पादन बजार नपाएर सडिरहेको छ
खाद्यान्नको अभाव, अनि औषधिको अभाव
यस्तो बेला देश राजनीतिक रसेटामा डढिरहेछ