दिउँसै हुने नहुने धाेकेर, कहाँ हिडेकाे हाेला
मान्छेका जमात बाेकेर, कहाँ हिडेकाे हाेला
उता गाउँमा उसलाई, खाेजी रहेका छन्
कुलेलाम ठाेकेर, कहाँ हिडेकाे हाेला
हुन त उ लाहुर जान, घरबाट निस्केको हो
फेरी गाउँ जाने बस रोकेर, कहाँ हिडेकाे हाेला
अरे बुढेसकालको मान्छे उ, आज हो कि भोली
गायत्री मन्त्र घाेकेर, कहाँ हिडेकाे हाेला
सरकारले घरभित्रै बसुन भनी, लकडाउन गरेकाे हो
मोरो ख्वाक्क ख्वाक्क खोकेर, कहाँ हिडेकाे हाेला ?




