रुन हुन्न यसरी
नरो बहिनी नरो न
हामी भोकै बसे पो
भाग्छ छिटो कोरना ।
कति दिन भो आमाले
छैन पैसा गनेको
बाहिर जान हुँदैन
सरकारले भनेको ।
अझै यस्तै भए त
चुल्होमा आगो बल्छ र ?
घरबेटीको मायाले
कति दिन चल्छ र ?
मामा घर कैलाली
घर हाम्रो कालिकोट
भन्छ टोले नेताले
काम लाग्दैन हाम्रो भोट ।
बगाएर पसिना
खान पनि पाइएन
सत्य नारन पुजाको
प्रसाद हाम्लाई चाहिएन।




