कविता : प्रश्न्न

हुन त म, रिसाएर तिम्रो मनको
सगरमाथा होचिने हुदै होइन!
तर,
तिमी रिसाउदा मेरो दुखको
माछापुच्छ्रे किन अग्लिन्छ ?
सपनीमा देख्दा पनि
देखे भन्न नपाउनु,
तिमीसग खुलेयाम बोल्छु भन्न नपाउनु,
अधिकार कटौती भैइरहेको तिमिले देख्यौँ ?
प्रेम पोखिएर
भुइँमा न भाडामा भएको तिमिले देख्यौँ ?
के तिमिले म ,म नरहेको देख्यौ?
के छ अरु लक्ष्य ?
के छ रअरु उद्देश्य ?
तिमिसम्म पुग्नु छ
तिमिमै रोकिनु छ !!

अहिलेको परिस्थितिमा !!
गुच्चा, मट्याङग्रा
खुट्टे ,बारहाते खेल
खेल्न सक्दिन म तिमीसग
आउ खेलौ बिचारको
बौद्धिक ब्याटम्यान्टिन!!

हरेक बिहान
समृद्धिको बिहान होस !!
हरेक साझ सन्तुष्टिको सिरान होस

हुन त मैले प्रेम नगरिदिदाँ तिमी
अनाथ हुने होइनौ, एक्लो हुने होइनौँ
तर
तिमीले प्रेम नगरिदिदाँ
म , म नरहेको तिमीले देख्यौ?

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।