पहिरो भनेको भत्कनु हो
यो विनासको संसारमा पहिरो जहाँ पनि जान्छ
वनमा जान्छ,
मनमा जान्छ,
यौवनमा जान्छ
र जीवनमा जान्छ र
भत्कनुको अर्थमा पहिरो गएपछि विनास हुन्छ,
पहिरो जान्छ अनि देखाइमा फरक हुन्छ
अझ पहिरो
देखाइमा भन्दा पनि दुखाइमा गहिरो हुन्छ
यसैले पहिरोको लेखाजोखा
केवल अनुभुतिभित्र हुन्छ र
पहिरो भनेको प्रक्रिया हो
यसैले जान्छ
पहिरो ( पहाडमा जान्छ
वन नाङ्गो हुन्छ,
(यौवनमा जान्छ,
जीवनको वैसाखी भाचिएर
दुनिया अपांगो हुन्छ,
बाँच्नुको विशालता पर्गेल्दा
जीवन भनेको आस्था र विश्वास हो
अझ समग्रमा ुतिमीु र ुमु भन्दा पनि ुहामीु हो र
जव यसैमा पहिरो जान्छ
तब भावनाको आकाशैभरि प्रदुषण छाउँछर
पहिरो
भात्रित्वदेखि नेत्रित्वसम्ममा जान्छ
र अस्तित्वमै भूइंचालो आउँछर
पहिरोलाई बेलामै रोक्नुपर्छ,
मनका उजाड वस्तीहरूमा आशा र भरोसाले छपक्कै छोप्नुपर्छ,
नत्र
पहिरो भनेको
प्रक्रिया हो
जीवनकै पर्याय हो
जहाँ पनि जान्छ, जहिले पनि जान्छ
र संसारै भताभुङ्ग हुन्छ र




