कि हजुरहरुको प्रचार अलिक कम भएको हो
होइन, खल्तीको हजार अलिक कम भएको हो !
मालिक पसलमा मान्छेहरु बिकेका बिक्यै छन्
मात्र मायाको व्यापार अलिक कम भएको हो
सिटामोल नपाएर कर्णालीमा मान्छे मरिरहेछन्
डाक्टर भन्दै छ उपचार अलिक कम भएको हो
पाँचका लागि सयको झट्का अझै पुगेन
कर्मचारीलाइ उपहार अलिक कम भएको हो




