वर्खे खोला वारपार छ, तीर देखिदैनकहाँबाट, कहाँसम्म हो शिर देखिँदैन जीवन जीउनु उस्तै छ आजकलहाँसो देखिन्छ कुण्ठित, पीर देखिँदैन बल्ड्याङ खान्छ फेरि उठ्छ जिन्दगी योनाङ्गो आँखाले मनको भीर देखिँदैन जल्छन् कयौ सपनाहरु, बिना कसुरराफिन्छ जीवन उनिएको झिर देखिँदैन नियास्रो लाग्छ, फिक्का लाग्छ आफैंसँगउफ्रेर, लम्केर खोज्छु, तक्दिर देखिँदैन
पुरा पढौ
होसियार हुनु कतै गएर नबस्नु घरमै रहीकिनमेल गर्नु बिहान बेलुका १ मिटर टाढा रही काम गर्दा हात धुन नभुल्नू साबुन र पानीलेहात नधोई नखानु केही सप्रिन्छ त्यही बानीलेमास्क लाउनु कतै जाँदा साथमा सेनीटाइजरडरपोक नहुनु निर्धक्क रहनु बाँकी यसैको भर। मुख छोप्नु दुबै कुहिनाले हाच्छियुँ आउँदा जबखाना खानू अब हतार नगरी राम्रो पकाईज्यादा गन्थन कति गरुँमता नभेट हुन्छ यताउपाय अरु केहि देखिन आज लौ बिदा हुन्छु म त।
पुरा पढौ
यतिखेर चलिरहेछ विश्वभरनयाँ कोरोना–सत्ता ! इतिहासका कुनै सम्राटको पहुँच नपुगेकोवर्तमानका कुनै राज्यसत्ताले कब्जा गर्न नभ्याएकोपूरै विश्वकब्जा जमाइरहेछ यतिखेरनयाँ कोरोनालेर, सङ्घर्ष गर्दैछ उसका विरुद्धसिङ्गो मानव–सत्तासंपूर्ण राज्य–सत्ता ! राज्यसत्ता भोग्दै आएकीमेरी सानी छोरी सोध्छे—बाबा ! के फरक छकोरोना–सत्ता र राज्यसत्तामा ?उम्कन नसकेपछि उसको प्रश्नबाटटार्न नसकेपछि उसको जिद्दीलाईसुस्तरी भन्छु म—हेर्दा उस्तै–उस्तै लाग्छ छोरी, तरधेरै फरक छ यी दुईको सत्तामा !विभेद गर्दैन कोरोना सत्तासम्राट र सडक–छाप मानिसमारङ्गभेद, जातिभेद, लिङ्गभेद र वर्गभेदकेही जान्दैन, केही मान्दैन…
पुरा पढौ
कहिले ललाट,कहिले अधरकहिले नयन कहिले पुरै अनुहारहेरेर भन्छतिम्रो कुरुप मुहारचन्द्रमा जस्तै सुन्दर देख्नेनजर भएको भएघाम जस्तै न्यानो माया दिनेहृदय भएको भए कास नजर जुधाइ मृगनयनी देखेको भएअथाह प्रेम गरेको भएसुन्दरता त हेर्ने नजर मा भर पर्ने रहेछ आज कुरुप अनुहार भन्नलाईहिजोकिन ढु़ंङ्गा र माटो जस्तै जोडिन पुग्यौ?ए मेरो सुन्दर प्रेमी फुलको अनुहार मात्र हेरेर कति दिन प्रेम गर्न सक्छौ? तिमीलाई के थाहा फुलहरु सुन्दर भएर मात्रै सम्मानित भएका होइनन् मनहरु…
पुरा पढौ
आकाशमा लागेछ कालो कालो बादल गीत गाउन भनेर भाइले झिक्यो मादल । हाम्रै नजिक बस्यो सानू पप्पी आएर नाच्न थाल्यो बिल्लीले मीठो गीत गाएर । माकुर माकुर परेवा घुर् घुर् गर्दै हामीसँगै नाच्न थाल्यो वर वर सर्दै । बाहिर पानी परेनि असिना नै झरे नि बाबाआमा आउनुभो परर ताली लाउनुभो ।
पुरा पढौ
छैनन् मजदुरहरु सहरमा, कलकारखाना बन्द छन् काम पाइनौं लकडाउन हुन गयो, भोकै भयम भन्दछन् कालो कोरोनाले नीलो गगनमा उड्दैनन् जहाज पनि छैनन् मानिस, शून्य छ सडकमा, गुड्दैनन् गाडी अनि खाली होटेल छन्, रेस्टुरेन्टहरु सब ग्राहकबिनाका भए लस्कर मानिसको थियो सहरमा, त्यो आज कहाँ गयो ? हाहाकार भयो भरी जगतमा, हे भाइरस कोरोना बिदा लेऊ पहिले, गईहाल अहिले, अर्कैतिर झर न डर तिम्रो हुन गो, चारैतिर यहाँ अफिसहरु बन्द छन् स्कुल…
पुरा पढौ
रिसाइन् धेरै प्रकृति आमा सर्वश्रेष्ठ मान्छे पर्यो पिंजडामा यो सृष्टि, सत्ता भन्थ्यो मेरै हो अहंकार, घमण्ड, दम्भ तोडियो । मुठ्ठीमा छ भन्थ्यो धर्ती र आकाश विज्ञानलाई पनि गर्दियो उपहास नपुगेर धर्तीले पुग्यो चन्द्रमामा आज त्यही मान्छे पर्यो पिंजडामा । बुझेन कि मान्छेले साझा हो व्राह्मण्ड आफैंमात्र एक्लै नाच्यो मदमस्त ठूलो त्रास, भय छ मान्छेको बीचमा अहो कति निरीह देखियो धरामा । सृष्टिको नि आफ्नै विधान हुन्छ छन्द अनि लयमा यो…
पुरा पढौ
निरुपा र प्रसुन घरमै बसेको पनि दुई महिना पुग्नै आँट्यो । यस बीचमा न मामाघर जान पाए, न बजार जान पाए न घुम्न कतै जान पाए । न त परीक्षाको नतिजा नै जान्न पाए । निरुपा र प्रसुन घर बसेर दिक्क भइ सकेका छन् । प्रसुन भन्छ, "दिदी ! कति हेर्नू के टि भि ? कति खेल्नु मोबाइलमा गेम ? मलाई त दिक्क लागिसक्यो भन्या । आमालाई भनेर बाहिर जाऊँ…
पुरा पढौ
आज बिहान उठ्ने बित्तिकै आँखा मिच्दै बाहिर निस्किएँ । एकैछिनमा एउटा कोलाहल जस्तो आवाज सुनियो। "के को आवाज होला यो ! यता आएर सुन्नुस् त सानेको बा !" भन्दै बुढालाई बोलाएँ । दुबैले त्यो आवाज सुन्यौं । झन् झन् ठूलो स्वरले सुनिंदै आयो। एकैछिनमा आवाज सँगसँगै र्याली पनि देखियो। त्यो आवाजका शब्दमा के भनेको रहेछ भनेर कान ठाडा पारेर सुन्यौं । केवल " हा हा हा हा " बाहेक अरु…
पुरा पढौ