साहित्य

आदिवासी जनजातिबारे दुर्लभ पुस्तकहरुको प्रदर्शनी

मगर समुदायको स्थापना दिवस फागुन १५ को अवसरमा पोखरामा विहिबार बृहत पुस्तक प्रदर्शनी गरिएको छ । पोखराका वरिष्ठ कलाकार तथा पत्रकार तिलक पुनको संयोजकत्वमा पुस्तक प्रदर्शन गरिएको हो । पुस्तक प्रदर्शनी झन्डै २ हजार पुस्तक राखिएको पुनले जानकारी दिए । वरिष्ठ पत्रकार पुनले विगत चालिस वर्षदेखि विभिन्न विषयका पुस्तक, पत्रपत्रिका संकलन गर्दै आएका थिए । त्यसरी संकलन गरिएका सामग्रीहरु मध्ये धेरै दुर्लभ खालका समेत रहेका छन् । पोखरामा पुस्तक प्रर्दशनी… पुरा पढौ

साहित्यकार , गायिका अम्बिकालाई अली मियाँ पुरस्कार

साहित्यकार एवं गायिका अम्बिका भण्डारी यस वर्षको अली मियाँ प्रोत्साहन पुरस्कारबाट सम्मानित भएकी छन् । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार, सम्मानपत्र र दोसल्ला छ । लोककवि अली मियाँको १ सय २ औं जन्म जयन्तीको अवसरमा बिहीबार आयोजित समारोहमा प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, प्रतिष्ठानका सल्लाहकार तारा बराल, अध्यक्ष हनिफ मियाँ लगायतले अम्बिकालाई सम्मान गरे । १९७५ सालमा पोखराको कुँडहरमा जन्मिएका अली… पुरा पढौ

लघुकथा : जन्मोत्सव

उसले आफ्नो सत्तरीऔँ जन्मदिन भव्यताकासाथ मनाउने विचार गर्‍यो । यतिन्जेल उसले आफ्नो जन्मदिनमा साना प्राणीदेखि लिएर ठूलाठूला प्राणीको हिंसा गर्दै आफ्ना शुभेच्छुकहरुलाई भोज खुवायो । यसपालि भने उसको दिमागमा छुट्टै नयाँ कुरा फुर्‍यो । अर्को वर्ष मनाउन पाउँछु या पाउँदिन भन्ने सोंचेर केकमा आफ्नै आमाको तस्बिर बनाउन लगायो । वरिपरि ७० ओटै मैनबत्ती बाल्यो र आमाको तस्बिरयुक्त केक काट्न तयार भयो । देख्ने,हेर्ने र सहभागी हुनेहरूले आआफ्नै किसिमले प्रतिक्रिया दिए… पुरा पढौ

शुक्रबारबाट ‘यो कस्तो महाभारत’

शुक्रबारबाट पोखरामा मञ्चन हुने नाटक ‘यो कस्तो महाभारत’को मञ्चन तयारी पूरा भएको छ । दीपक पराजुलीले लेखेको नाटक फागुन २४ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । पोखरा थिएटरको ११ औँ प्रस्तुतिको यो नाटक मंगलबारबाहेक हरेक साँझ ५ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजेसमेत हेर्न पाइनेछ । दर्शकको माग आएको खण्डमा अतिरिक्त सो मञ्चन समेत गर्ने तयारी रहेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । नाटक पंच सुब्बा… पुरा पढौ

अम्बिका भण्डारीलाई अली मियाँ प्रोत्साहन पुरस्कार

साहित्यकार एवं गायिका अम्बिका भण्डारीलाई यस वर्षको अली मियाँ प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गरेको पुरस्कारको राशि नगद २० हजार, सम्मानपत्र र दोसल्ला छ । प्रतिष्ठानका सचिव पद्यराज ढकाल संयोजकत्वको प्रतिभा छनोट समितिले भण्डारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । लोकसाहित्य र लोकगीतमा भण्डारीको करिब १ दशकको क्रियाशीलतालाई मूल्यांकन गरी पुरस्कृत गर्न लागिएको ढकालले जानकारी दिए । कास्कीको अन्नपूर्ण गाउँपालिका… पुरा पढौ

लघुकथा : वर्ग उत्थान

स्याङ्जा बजारको चौकीनेर चिया पिउँदै थिए । चिया पिउदा पिउदै एक जना हेर्दा भद्र जस्ता देखिने ब्यक्ति छेउमै आएर बसे । चिया पिउने बिचारले नै आएका रहेछन् । अडर गरे । बोली कता कता परिचीत जस्तो लाग्यो । उनी चिया पसलेसँग गफिन थाले । भन्दै थिए " कम्युनिस्टको सरकारले गरिखान नदिने भयो ।करैकर कति तिर्नु । नाफाभन्दा बढी कर तिर्नुपर्ने भयो ।" उनको कुरा मैले चाख मानी मानी सुनिरहे ।… पुरा पढौ

गजल सन्ध्यामा ८ गजलकारका ४० गजल

गजल सन्ध्या पोखराको यस महिनाको नियमित गजल वाचन शृङ्खला विशेष किसिमले सञ्चालन गर्ने भएको छ । नियमित गजल वाचनको २०० औँ शृङ्खला पुगेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो । आगामी फागुन १० गते शनिबारका दिन आयोजना हुने कार्यक्रममा पोखराका चर्चित आठजना गजलकारहरूलाई एकसाथ उभ्याउने तयारी संस्थाले गरेको छ । ‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ वि.सं. २०५९ सालमा पोखरामा स्थापना भएको संस्थाले यसपटक आफ्ना सम्पूर्ण पूर्वअध्यक्षहरूको… पुरा पढौ

गजल

आफ्नैसङ्ग थर–ठेगान मागेपछि उत्पात हुन्छमान्छेबाट मानवता भागेपछि उत्पात हुन्छ नरोपिदेऊ चिर्किटेमा आगोको बिउ जानीजानीजम्न छोडी हिउँ जल्न लागेपछि उत्पात हुन्छ बासन्तीयाम होली खेल्न छाडी कैलाश वारिपारिकालो रंगका तोरणहरु टागेपछि उत्पात हुन्छ नबजाऊ बिना मौसम पञ्चेबाजा यो धरामासुतिरा’को कुम्भकर्ण जागेपछि उत्पात हुन्छ पुरा पढौ

साहित्य शृंखलामा नयाँ समिति

साहित्य शृंखला पोखराको शनिबार भएको अधिवेशनले लोकनाथ पुडासैनीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । ११ सदस्यीय कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश लक्ष्मी थापा, निर्मला न्यौपाने, काजी गाउँले र लक्ष्मण गौतम छन् । सदस्यमा ताराप्रसाद तिमिल्सिना, कल्पना चिलुवाल, विकास लुंगेली, लीला पण्डित, सुरज उपाध्याय र सन्तोष न्यौपाने छन् । कार्यक्रममा संस्थाको प्रकाशन आलोक शृंखला ७ को लोकार्पण एवं परिचर्चा पनि भयो । समालोचक भाष्करले साहित्यका नाममा परम्परालाई मात्र… पुरा पढौ

सञ्जीवलाई अक्षरयात्रा प्रतिभा पुरस्कार

नेपाली साहित्य र अखबारी लेखनमा सक्रिय सहित्यकार सञ्जीव पौडेललाई यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । गजल सन्ध्या पोखरा तथा नवनीत साहित्य सागरद्वारा संयुक्त रूपमा सञ्चालित अक्षरयात्रामा संलग्न भई साधनारत स्रष्टालाई यो पुरस्कार प्रदान गरिन्छ । साहित्यकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समितिमा साहित्यकार दीपक समीप, आयोजक संस्थाका अध्यक्षद्वय लक्ष्मण थापा र मोहन भण्डारी सदस्य थिए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं