होसियार हुनु कतै गएर नबस्नु घरमै रही
किनमेल गर्नु बिहान बेलुका १ मिटर टाढा रही
काम गर्दा हात धुन नभुल्नू साबुन र पानीले
हात नधोई नखानु केही सप्रिन्छ त्यही बानीले
मास्क लाउनु कतै जाँदा साथमा सेनीटाइजर
डरपोक नहुनु निर्धक्क रहनु बाँकी यसैको भर।
मुख छोप्नु दुबै कुहिनाले हाच्छियुँ आउँदा जब
खाना खानू अब हतार नगरी राम्रो पकाई
ज्यादा गन्थन कति गरुँमता नभेट हुन्छ यता
उपाय अरु केहि देखिन आज लौ बिदा हुन्छु म त।









