वर्खे खोला वारपार छ, तीर देखिदैन
कहाँबाट, कहाँसम्म हो शिर देखिँदैन
जीवन जीउनु उस्तै छ आजकल
हाँसो देखिन्छ कुण्ठित, पीर देखिँदैन
बल्ड्याङ खान्छ फेरि उठ्छ जिन्दगी यो
नाङ्गो आँखाले मनको भीर देखिँदैन
जल्छन् कयौ सपनाहरु, बिना कसुर
राफिन्छ जीवन उनिएको झिर देखिँदैन
नियास्रो लाग्छ, फिक्का लाग्छ आफैंसँग
उफ्रेर, लम्केर खोज्छु, तक्दिर देखिँदैन




