गीत : साँझ घर फर्किएर…

साँझ घर फर्किएर दैलो टेक्दा खेरि
दुःख भुल्छु तिम्रो ओठमा हाँसो देख्दा खेरि

पर्खि बस्छौ बाबा आउँछ, पापा ल्याउँछ सोच्दै
लुटपुटिन आईपुग्छौ काख न्यानो खोज्दै
मिठो लाग्छ महजस्तै तिम्रो तोते बोली
त्यै बोलीमा हराउँछु हरपल आज भोलि

जे बोल्यो त्यो पुगेन कि रोईदिन्छौ जैले
तिम्रा लागि हाँसी हाँसी हारीदिन्छु मैले
समातेर औंला मेरा अघि बढ्दै जाउ
जाउ बाबु जिन्दगीको सिँढी चढ्दै जाउ ।